महङ्गो घरभाडा असुली तर छैन पार्किङ्ग र शौचालयको गतिलो व्यवस्था, व्यवसाय गर्ने हैरान


नेपालगन्ज २८ असोज :  नेपालगन्ज सुर्खेतरोडमा मासिक ५० हजार भाडा तिरेर व्यवसाय गर्दै आएका एकजना व्यवसायी गुनासो गर्दै थिए,–‘यति महङ्गो भाडा तिरेर पनि नत शौचालय गर्ने व्यवस्था छ नत पार्किङ्ग ! शौच गर्न समेत मोटरसाईकल कुदाएर घर जानुपर्ने बाध्यता छ ।’

यो बाध्यता ती व्यवसायीको मात्र होइन, नेपालगन्जको अधिकांस ठाउँमा छ ।

महङ्गो भाडा असुल्न जानेका घरधनीले नत पार्किङ्गको व्यवस्था गरेका छन् नत गतिलो चर्पीकै । ठूला घर बनाउँदा चर्पी र पार्किङ्गको व्यवस्थापनमा उनीहरुको ध्यानै नगएको देखिन्छ ।

नयाँ बनेका घरहरुमा त्यस्तो व्यवस्था गरिएको भएपनि पुराना अधिकांस घरमा समस्या छ ।

कतिपय घरधनी त यतिसम्म छुुच्छा छन भने शोचालय भएपनि ताला लगाएर बसेका हुन्छन् ।

नत भाडा तिरेर बसेका व्यवसायीलाई शौच गर्न दिन्छन् सेवाग्राही त अझ टाडाको कुरा ।

त्यस्तो समस्या भोग्दै आएका व्यवसायी भन्छन्–‘हामी त जसोतसो एडजस्ट गरिहाल्छौ । सेवाग्राहीलाई मुस्किल हुन्छ ।’

पश्चिमकै ठुलो आर्थिक केन्द्रमा व्यवसायीक वातावारण सन्चालन गर्ने तरिकाले घरधनीको व्यवहार नै नभएको उनी बताउँछन् ।

नेपालगन्जका सबै ठाउँमा सार्वजनिक शौचालय छैनन् ।

त्यसैले व्यापार गर्ने र व्यापारमा संलग्नहरु झनै समस्यामा पर्ने गरेका छन् ।

त्यस्ता घरधनीले पार्किङ्गको व्यवस्था नगर्दा मुख्य सडकभरी सवारीसाधन देखिन्छन् भने त्यसले दुर्घटनाको जोखिम बढाएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले व्यवसायिक क्षेत्रमा घर बनाउँदा शौचालय र पार्किङ्गको व्यवस्था गर्न निर्देशन दिनुपर्ने व्यवसायीको सुझाव दिन्छन् ।

 

प्रकाशित मितिः     २८ आश्विन २०७७, बुधबार ०६:५९  |