बाँकेका ४ सय ७८ उद्योगी /व्यवसायीले कर बुझाएनन्, तत्काल सम्पर्कमा आउन विभागको सूचना


नेपालगन्ज– आन्तरिक राजस्व विभागले कर विवरण नबुझाएर सम्पर्कविहीन भएका बाँकेका ४ सय ७८ करदाताको विवरण सार्वजनिक गरेको छ।

विभागले नेपालले सार्वजनिक गरेको नाममा बाँकेका प्रतिष्ठित उद्योगी, व्यवसायी समेत छन् । उनीहरु लामो समयदेखि राजश्व कार्यालयको सम्पर्कमा छैनन् ।

विभागले दशौं वर्षदेखि कर विवरण नबुझाएका २९ हजार ४४७ करदाताको नाम सार्वजनिक गर्दा उनीहरुको नाम पनि सार्वजनिक भएको हो।

आन्तरिक राजस्व विभागले दर्ता खारेज भइसकेका कम्पनीलाई पनि भ्याट तिर्नका लागि ताकेता गरेको पाइएको छ। खारेजीमा परिसकेका कैयौं कम्पनीहरुको नाम पनि भ्याट तिर्न बाँकी कम्पनीमा समावेश छ।

विभिन्न कम्पनीहरुले आफूले कारोबार नगरी बन्द गराएको कम्पनीहरुको नाम पनि पुनः भ्याट तिर्नका लागि भन्दै विवरण सार्वजनिक गरेको प्रति दुःख लागेको जनाएका छन् ।


आन्तरिक राजस्व विभागका उपमहानिर्देशक मुक्तिप्रसाद पाण्डेले भने आफूहरुको सिस्टममा नदेखिएकोले सूचना सार्वजनिक गरिएको र कम्पनी खारेजीको प्रमाण प्राप्त भएमा सो कम्पनीविरुद्ध लिइने थप स्टेपबाट पछि हट्ने बताए।

उनका अनुसार अहिले सार्वजनिक गरिएको विवरण सबैलाई सतर्क गराउन र भ्याट तिर्न आउनका लागि हो। यसलाई नै कालोसूची भनेर बुझ्न नहुने उनको तर्क छ। सूचना जारी गर्दा पनि भ्याट तिर्न नआएको खण्डमा भने ती कम्पनीहरुलाई कालोसूचीमा राखिने पाण्डेले जानकारी दिए ।

उनले कुनै कम्पनीले सरकारलाई बुझाउनुपर्ने राजस्व नबुझाई नयाँ कम्पनी खोलेर कारोबार गरिरहेको जानकारी आएमा राजस्व छलीमा कारबाही गरिने बताए। आन्तरिक राजस्व कार्यालयले फागुन मसान्तसम्ममा भ्याट तिर्न बाँकी करदाताले विवरण पेश गरेमा हालसम्मको कर र सोको ब्याजमा ५० प्रतिशत छुट हुने पाण्डेले जानकारी दिए।

बाँके सहित देशभरको नाम हेर्न यहाँ क्लिक गर्नुहोस् rajaswa pdf

प्रकाशित मितिः     1:50:24 PM  |