प्रहरी दिवशमा मुख्यमन्त्रीको शुभकामना, नागरिकसंगको सुमधुर सम्बन्धलाई ध्यान दिन अपील


६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी सेवामा रही समाजमा शान्ति सुरक्षा कायम गर्न अहोरात्र खटिने सबैप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु ।
यस अवसरमा राष्ट्रले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा ज्यान गुमाएका अमर प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, जिम्मेवारी पूरा गर्ने क्रममा घाईते योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।
नेपाल प्रहरी स्थापनादेखि विभिन्न आरोह—अवरोह थिचोल्दै यहाँसम्म आइपुगेको छ । सिमित साधन श्रोतका बाबजुद अपराध नियन्त्रण,अनुसन्धान र ट्राफिक व्यवस्थापन एंव समग्र शान्ति सुरक्षा कायम गर्दै राष्ट्रले सुम्पेको जिम्मेवारी पुरा गर्न प्रहरी संगठन काविल सावित भएको छ ।
समाजमा शान्ति सुरक्षा बहालीका क्रममा अहिलेसम्म भएका कामको समिक्षा गर्दै बदलिदो सामाजिक चरित्रलाई सुक्ष्मरुपमा विश्लेषण गर्दै प्रभावकारी कामका लागि प्रहरी संगठनको ध्यान जाने मैले विश्वास लिएको छु । यतिवेला हामी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयनको महत्वपूर्ण चरणमा छांै ।
प्रहरी संगठन पनि संघीय शासन प्रणाली अनुरुप नयाँ ढाँचामा व्यवस्थापन गर्न गृहकार्य अघि बढेको छ । प्रहरी संगठनलाई छिटो संघीय शासन प्रणाली अनुरुपको ढाँचामा व्यवस्थापन गर्न सक्दा प्रहरी संगठन अझ काविल र चुस्त हुने छ । समाजमा बढिरहेका सुरक्षा चुनौतीको सामना गर्दै सबल र सक्षम प्रहरी संगठनको पहिचान बनाउन नयाँ सांगठनिक ढाँचाले अवश्य बल पु¥याउने नै छ ।
केन्द्रीकृत र एकात्मक शासन प्रणालीलाई विस्थापित गरी मुलुक संघीय शासन प्रणालीको व्यवहारिक कार्यान्वयनको चरणमा आइपुग्दा नागरिकका अपेक्षा चुलिएका छन् । सेवा प्रवाह छिटो, छरितो र चुस्त हुनुपर्ने तथा शान्ति सुरक्षाको पूर्णतः ग्यारेण्टी हुनुपर्ने नागरिकको मागको सम्बोधन प्रहरी संगठनले गर्नुपर्नेछ ।
अपराध अनुसन्धान र नियन्त्रणको कामलाई प्रभावकारी बनाई शान्ति सुरक्षा बहाली गर्न इमान्दारी र निष्ठापूर्वक काम गर्ने प्रहरी जनशक्ति आवश्यक छ । प्रहरी—नागरिक साझेदारी मार्फत प्रहरी संगठनलाई अझ गतिशील बनाउने जिम्मेवारी पूरा गर्न सक्दा बदँलिदो समाजमा प्रहरीप्रति नागरिकको विश्वास अझै बढ्ने छ ।
नागरिकसंगको सहकार्य र हातेमालोबाट प्रहरी संगठनले समाजमा प्रभावकारी उपस्थिति देखाउन सक्ने र आफ्नो छवि उज्जवल बनाउन सक्ने भएकाले नागरिकसंगको सुमधुर सम्बन्धलाई ध्यान दिन म हार्दिक अपील गर्दछु । अन्त्यमा, उत्कृष्ट कार्य सम्पादन गरे बापत प्रहरी दिवसका अवसरमा सम्मानित र पुरस्कृत हुने भूतपूर्व एंव सेवामा रहेका सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।
प्रकाशित मितिः     ३० आश्विन २०७७, शुक्रबार ०७:२७  |