पानी उद्योगको मूल्यमा मनपरी


नेपालगन्ज ३० असोज :  बाँकेमा पानी उद्योगहरुले सिन्डीकेट चलाएर उपभोक्ता ठगी गर्दै आएका छन् ।

पानी उद्योग संघकै अगुवाईमा सिन्डीकेट चलाएका उद्योगले आफुखुसी मुल्य कायम गर्छन । जतिबेला जे मन लाग्छ त्यही मुल्य तोक्ने उद्योगहरुले तोकेको मुल्यमा नबेच्ने उद्योगलाई त आन्तरिक कारवाही नै गर्दै आएको खुलेको छ ।

उद्योग सन्चालक भने उद्योग निरन्तर ओरालो लाग्न थालेपछि व्यवसायीक एकता देखाउनुपर्ने बाध्यता आएको दावी गर्छन ।

जथाभावी मुल्यमा विक्री गर्दा पानी उद्योग नै संकटमा आएको उद्योगीहरुको प्रतिक्रिया आएको छ । उद्योगहरुले जायज मुल्य नै लिइरहेको दावी गरे पनि उपभोक्ताहरु भने सन्तुष्ट छैनन् ।

चालिस रुपैयामा विक्री हुने जारको मुल्य अहिले पचास रुपैया कायम गरिएको छ ।

त्यस्तै बोतलको पानीको समेत मुल्य बृद्धि गरिएको छ । कुनै बेला पानी उद्योग संघले आफुले कायम गरेको मुल्यमा पानी बेच्ने व्यवस्था समेत आफै गरेको थियो ।

प्रकाशित मितिः     ३० आश्विन २०७७, शुक्रबार ०७:०९  |