भारतमा लकडाउनपछि साईकलको बढ्यो बिक्री, खरिद गर्न लाइन लाग्नुपर्ने अवस्था


अहिलेसम्म तपाईंले मन परेको कार वा मोटरसाइकल किन्नका लागि वेटिङ मा बसेको सुन्नुभएको होला । तर साइकल किन्नकै लागि भने पालो कुरेर बस्नुपरेको सायदै सुन्न पाइन्छ ।

भारतमा भने यतिबेला साइकल खरिदका लागि पनि ग्राहकले अग्रिम बुकिङ गरेर पालो कुरेर बस्नुपर्ने अवस्था आएको छ ।
यसको एउटै मात्र कारण हो मागमा अत्यधिक वृद्धि । पछिल्लो पाँच महिनामा भारतमा साइकलको बिक्री नै दोब्बरले बढेको छ ।

साइकल उत्पादन गर्ने कम्पनीहरुको राष्ट्रिय संगठन अल इन्डिया साइकिल म्यानुफ्याक्चर्स एसोसिएशन ९एआइसीएम० का अनुसार, गत मेदेखि सेप्टेम्बरसम्मका पाँच महिनामा भारतमा ४१ लाख ८० हजार ९ सय ४५ वटा साइकल बिक्री भइसकेको छ । कयौं भारतीय शहरमा मान्छेहरुलाई आफूलाई मन परेको साइकल किन्नका लागि पर्खेर बस्नु परेको छ ।

भारत आफैं पनि विश्वमा दोस्रो सर्वाधिक संख्यामा साइकल उत्पादन गर्ने मुलुक हो । यसका बाबजुद भारतमा पहिलोपटक साइकलप्रति यति ठूलो रुझान देखिएको हो।

साइकलको मागमा आएको वृद्धि अभूतपूर्व छ । सायद इतिहासमा पहिलोपटक साइकलप्रति यस्तो रुझान देखिएको छ, एआइसीएमका महासचिव केबी ठाकुर भन्छन्, पछिल्लो पाँच महिनामा साइकलको बिक्री शतप्रतिशतसम्म बढेको छ । कयौं ठाउँमा आफूले चाहेजस्तो मोडलको साइकल खरिदका लागि बुकिङ गराएर पर्खिनु परिरहेको छ ।

साइकलको माग किन बढ्यो यस्तरी ?

दिल्लीका ठूला साइकल व्यापारीमध्येका अजय चावलाका अनुसार पछिल्लो ४(५ महिनामा साइकलको माग करिब पाँच गुणाले बढेको छ । केही खास मोडलका साइकलका लागि भने ग्राहकले कुरेर बस्नु परिरहेको छ ।

चावलाका अनुसार, कोरोनाका कारण गरिएको लकडाउनले गर्दा जिम र हेल्थ सेन्टरहरुमा ताला लागेकाले फिटनेसका लागि साइकल खरिद गर्नेहरुको संख्या निरन्तर बढेको हो।

खासगरी गियरवाला साइकलहरुको खरिदका लागि ग्राहक वेटिङमा छन् । किनकि सिंगल स्पिड साइकलका प्रायः पार्टपुर्जा भारतमा नै बन्छन् भने भारतीय बजारमा पाइने गियरवाला साइकलका पार्टपुर्जा भने अधिकतर आयात हुन्छ । भारतमा यस्ता पार्टपुर्जा सबैभन्दा बढी चीनबाट आयात हुने गरेको छ ।

साइकलको माग अत्यधिक बढ्दै गएकाले केन्द्र र राज्य सरकारले साइकल लेन बनाउनुपर्ने माग चावलाले गरेका छन् । यसबाट मान्छेले सुरक्षित तरिकाले साइकल चलाउन सक्ने हुँदा यसले भारतमा पनि युरोप लगायतका पश्चिमेली मुलुकमा जस्तै साइकल क्रेज बढ्नेछ ।

यसका साथै चावलाको भनाइ छ – सरकारले साइकलको गुणस्तर जाँच तथा मापनका लागि एक नियामक संस्था बनाउन आवश्यक छ, ताकि देशमै राम्रो गुणस्तरको साइकल उत्पादन हुन सकोस् । साथै स्वदेशी साइकल उत्पादक कम्पनीहरुले आफ्नो बिक्रीपछिको सेवाको सञ्जाल पनि बढाउन आवश्यक छ ।

केही महिनायता साइकलको माग बढ्नुको कारणबारे नोयडास्थित साइकल ट्रेडिङ कम्पनीका संचालक राजेश गिरधर भन्छन्, ुकोरोनाको महामारीबाट बच्नका लागि धेरैजसो मान्छे भीडबाट बच्न चाहन्छन् । यसैले अलिक टाढाको यात्राका लागि मेट्रो वा सार्वजनिक यातायातको प्रयोगबाट जोगिँदै आएका छन् । तर अफिस जान/आउनका लागि भने अहिले साइकल प्रयोग गर्नेको संख्या ठूलो छ ।ु

कोरोना महामारीपछि मानिसहरु आफ्नो स्वास्थ्यलाई लिएर धेरै सजग भए । यसका साथै साइकलले एक पन्थ बहु कामको साधनका रूपमा देखिँदा पनि लकडाउन खुलाका दौरान सडकमा सवारीसाधनहरुको संख्या र प्रदूषणमा कमीका कारण मानिसहरु साइक्लिङका लागि उत्साहित भएको एआइसीएमएका महासचिव केबी ठाकुर बताउँछन् ।

लकडाउनपछि बढ्यो बिक्री
जयपुरको आनन्द साइकल स्टोरका गोकुल खत्रीको भनाइमा लकडाउनपछि साइकलको बिक्री १५ देखि ५० प्रतिशतसम्म बढेको छ । उनी भन्छन्, -जरुरी काम सुल्झाउनका साथसाथै सोख र स्वास्थ्यका लागि पनि मान्छेहरु साइकल खरिद गरिरहेका छन् । किनकि, उनीहरुलाई लाग्छ यो स्वास्थ्य ठीक राख्न सबैभन्दा सस्तो, राम्रो र टिकाउ माध्यम हो ।

भारतका कतिपय ठाउँमा अहिले भारु १० हजार वा त्यस आसपासका मूल्यका साइकल अत्यधिक बिक्री भइरहेको छ, जसलाई ुरफ टफु प्रयोग गर्न सकियोस् ।

भारतको एक प्रमुख साइकल कम्पनीका प्रवक्तालाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले लेखेको छ, अनलक सुरु हुनेवित्तिकै साइकलको मागमा उछाल आयो । त्यो माग पूरा गर्नेगरी उत्पादन गर्न मुस्किल भइरहेको थियो, भलै हामीले पछिल्लो पाँच महिनामा यो अवस्थामा धेरै सुधार गरिसकेका छौं । अहिले पनि धेरै ठाउँमा विशेष मोडेलका, खासगरी गियरवाला, साइकलहरु अहिले स्टकमा नभएको उनी बनाउँछन् ।

कोरोना भाइरसका कारण गत मार्चमा साइकलको बिक्री ठप्प भयो । मे महिनामा यो आँकडा ४ लाख ४५ हजार ८ सय १८ भयो । जुनमा यो झन्डै दोब्बरले बढ्दै ८ लाख ५१ हजार नाघ्यो । जबकि, सेप्टेम्बरको एक महिनामै ११ लाख २१ हजार ५ सय ४४ साइकल बिक्री भएको एआइसीएमएले जनाएको छ । पछिल्लो पाँच महिलामा भारतमा कुल मिलाएर झन्डै ४२ लाख ९४१,८०,९४५० थान साइकल बिक्री भएको एआईसीएमएको आँकडा छ ।

प्रकाशित मितिः     १ कार्तिक २०७७, शनिबार १०:५४  |