पर्साको वीरगन्जबाट साढे २२ किलो अवैध सुन बरामद


प्रहरीले पर्साको वीरगञ्जबाट २३ किलो बढी सुन बरामद गरेको छ । केही दिनदेखि निगरानी गरिरहेको प्रहरीले वीरगञ्ज महानगरपालिका-५,रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा मारेको थियो ।

त्यसक्रममा प्रहरीले १ केजीका १३ वटा बिस्कुट, मझौला बिस्कुट ४६ थान ९८ केजी ५७६ ग्राम० र सानो बिस्कुट १०० ग्रामका १० थान ९एक केजी० बरामद भएको छ । सुनका गरगहना पनि बरामद भएको छ, जसको तौल ६८१ ग्राम छ ।

सबै गरेर २३ किलोभन्दा बढी सुन बरामद भएको पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिइन् ।

यस्तै २ केजी २६२ ग्राम बराबरका चाँदीका गरगहना तथा भाडाकुँडा समेत बरामद भएको छ ।

पन्तका अनुसार यो सुनका मालिक आउने सूचनाका आधारमा प्रहरी राति समेत त्यहाँ बसेको थियो । तर नआएपछि स्थानीय भद्रभलाद्मीको रोहबरमा अपार्टमेन्टको फ्लाट नम्बर ३०३ खेलेर खानतलासी गर्दा सुन र चाँदी बरामद भएको हो ।

यो फ्लाट अशोक सिन्हाको भनिएको छ र यसबारे अनुसन्धान भइरहेको पन्तले जानकारी दिइन् ।

प्रकाशित मितिः     १ कार्तिक २०७७, शनिबार १४:२४  |