एनएमबि बैंकको कार्डमार्फत सिजीका सामान किन्दा ४० प्रतिशतसम्म छुट पाइने


काठमाडौं। एनएमबि बैंकका ग्राहकले सिजीका सामान किन्दा ४० प्रतिशतसम्म छुट हुने भएको छ। बैंकको भिसा डेबिट र क्रेडिट कार्डबाट सामान किन्दा यो छुट पाउनेछन्।

बैंक र सिजीबीच भएको सहमति अनुसार यो छुट पाइने भएको हो। बैंकले दसै किनमेलमा सहज बनाउन यो सम्झौंता गरेको जनाएको छ।

बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमबाट सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मितिः     २ कार्तिक २०७७, आईतवार ०८:१६  |