सिटिजन्स् बैंकले तिनाउँ मिसन डेभलपमेन्टलाई एक्वायर गर्ने


काठमाडौं । सिटिजन्स बैंकले तिनाउँ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । एक्वायर गर्ने विषयमा सिटिजन्स र तिनाउँ मिसनबीच शनिबार प्रारम्भीक समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।

एमओयूमा सिटिजन्सका मर्जर समितिका संयोजक तथा सञ्चालक प्रवलजंग पाण्डे र तिनाउँ मिसनका सञ्चालक तथा संयोजक राजेन्द्रप्रसाद बझाले हस्ताक्षर गरेका छन् ।

सिटिजन्सले ३ महिनाभित्र एक्वायर गर्न लागेको तिनाउँ मिसन दोस्रो विकास बैंक हो । यसअघि सिटिजन्सले सहयोगी विकास बैंकलाई एक्वायर गरेको थियो ।


दुई बैंक मर्जरपछि सिटिजन्सको निक्षेप बढेर १ खर्ब १५ अर्ब रुपैयाँ पुग्ने छ । यस्तै कर्जा लगानी ९८ अर्ब रुपैयाँ पुग्ने छ । एक्वायरपछि सिटिजन्सको चुक्तापुँजी बढ्ने छ । हाल सिटिजन्सको चुक्तापुँजी ९ अर्ब ८ करोड रुपैयाँ छ ।

यस्तै तिनाउँ मिसनको १ अर्ब ८१ करोड रुपैयाँ छ । दुबै बैंकको चलअचल सम्पत्ति तथा दायित्व मूल्याँकन (डीडीए) पछि सेयर आदनप्रदान अनुपात ९स्वाप रेसियो० तय हुने भएको छ । सिटिजन्सको १११ वटा शाखा ९८ वटा एटीएम र १०४ वटा शाखारहित बैंकिङ सुविधा रहेको छ ।

प्रकाशित मितिः     8:21:36 AM  |