टिभिएस कम्पनीको नयाँ शोरुम संचालन


नेपालगंजको कारकादौ चोक नजिकै शनिबारबाट टिभिएस कम्पनीको नयाँ शोरुम संचालनमा आएको छ ।नेपालगंजका प्रतिष्ठित युवाहरु मिलेर संचालन गरेको ग्रेश एण्ड ग्लोबल ट्रेडिग प्रालिले शनिबार शोरुमको उदघाटन भएको जनाएको छ ।

नेपालगंज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले उदघाटन गर्दे युवाहरुले संचालन गरे्को शोरुमको उदघाटन गर्न पाउँदा आफु अझ हर्षित भएको बताउनु भयो ।

फाइनान्समा किन्ने ग्राहकहरुका लागि आधा रकम नगद बुझाउने र आधा रकममा ब्याज नलाग्ने सुबिधा समेत रहेको संचालक बेद प्रकाश सिंह ठुकरीले जानकारी दिनु भयो । अर्को अफर पुरानो जनुसुकै कम्पनीको मोटरसाइकिल ल्याएर टिभिएसको नयाँ बाइक चढेर जान पाउने र अतिरिक्त १५ हजार कम्पनीले दिने बताईएको छ । नेपालमा जगदम्बा मोटर्सले टिभिएस कम्पनीका उत्पादनहरु बिक्री गर्दे आएको छ । पहिलो बर्ष देश भरमा ६ हजार मोटरसाइकिल बिक्री गरेको जगदम्बाले चौथो बर्षमा आई पुग्दा ४५ हजार मोटरसाइकिल बिक्री गरेको थियो ।

यस बर्ष भने ६५ हजार बिक्री गर्ने लक्ष्य राखेको क्षेत्रिय प्रमुख प्रकाश श्रेष्ठले जानकारी दिनु भयो । अहिले देश भरमै सबै भन्दा बढि बिक्री भएको १२५ सिसि एन्टा«े स्कुटी टिभिएसको रहेको छ । कारकादौमा संचालनमा आएको नयाँ शोरुममा नयाँ मोटरसाइकिल देखि मरम्मत गर्ने समेत सुविधा रहेको संचालक बिशाल श्रेष्ठले जनाएका छन् । नेपालगंजका यूवाहरु बेद प्रकाश सिंह ठकुरी महादेव , बिशाल श्रेष्ठ, बिबेक पराजुली,रण बहादुर शाही सहितको टिमले ग्रेश एण्ड ग्लोबल ट्रेडिग प्रालि संचालन ल्याएको हो ।

शोरुमले मोटरसाइकिल नकिने पनि शोरुम भित्र प्रबेश गरेकाहरुको नाम ईन्ट्री भए पछि उक्त ब्यक्तिको नाम स्वतः एभी न्यूजखबरबाट छानिने बम्पर उपहार योजनामा सहभागी हुन पाउने छ । उदघाटन् कार्यक्रममा बिभिन्न समाज सेवी, पत्रकार,ब्यवसायीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मितिः     २ कार्तिक २०७७, आईतवार ०९:५१  |