लुम्विनी प्रदेशका मुख्यमन्त्रीदेखि पालिकाका जनप्रतिनिधिलाई दशैं खर्चको व्यवस्था छैन


नेपालगन्ज २ कात्र्तिक :  जनप्रतिनिधिले दर्शै खर्च लिएको भन्दै आलोचना भइरहँदा लुम्विनी प्रदेशका जनप्रतिनिधिले भने त्यस्तो खर्च नलिएको बताएका छन् ।

मुख्यमन्त्री, मन्त्री, सांसददेखि पालिकाका जनप्रतिनिधिसम्मका लागि कुनै पनि चाडपर्वको खर्च प्रबन्ध नगरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहका शेरबहादुर केसीका अनुसार चाडपर्वका लागि भनेर कुनै भत्ताको व्यवस्था गरिएको छैन ।

यतिखेर जनप्रतिनिधि र चाडपर्व खर्चको बारेमा चर्चा हुन थालेको भन्दै केसीले लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेशसभाका सभामुख, प्रदेशसभा सदस्यहरु र स्थानीय तहका जनप्रतिनिधिका लागि चाडपर्व खर्चको प्रबन्ध गरेको नगरेको जनाए ।

त्यस अनुसार मुख्यमन्त्री,मन्त्रीहरु,प्रदेशसभाका सभामुख, प्रदेशसभा सदस्यहरु र स्थानीय तहका जनप्रतिनिधिहरुले अहिलेसम्म चाडपर्व खर्च नलिएको प्रष्ट पारिएको छ ।

प्रकाशित मितिः     २ कार्तिक २०७७, आईतवार १७:०१  |