नेपाल बैंकले ८४औं बार्षिकोत्सवको उपलक्ष्यमा बिभिन्न सेवाहरु निशुल्क प्रदान गर्ने


नेपाल बैंक लिमिटेडले ८४औं बार्षिकोत्सवको उपलक्ष्यमा बिभिन्न सेवाहरु निशुल्क प्रदान गर्ने भएको छ ।

बिक्रम संम्वत् १९९४ कातिक ३० गते लक्ष्मीपूजाको दिन स्थापना भएको नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडले देशको ६४ जिल्लामा रहेका आफ्ना १९१ शाखा, १२६ एटिएम तथा ३६ वटा एक्टेन्शन काउण्टर मार्फत् देश र आम नेपालीको बैंकिङ्ग सेवामा समर्पित रहि अत्याधुनिक बैंकिङ्ग सुबिधाहरु उपलब्ध गराउदै आइरहेको छ ।

बैंकले आफ्नो स्थापनाको ८४ औं वर्ष प्रवेशको सुखद् अवसरमा आफ्ना ग्राहकहरुको अटल विश्वास र भरोसाको उच्च कदर गर्दै यहि कार्तिक १ गते देखी निक्षेप खाताहरुमा Mobile Banking, Internet Banking, Demat Account, Mero share, C-ASBA र VISA Debit कार्ड निःशुल्क प्रदान गर्ने भएको छ ।

साथै  बार्षिकोत्सवको उपलक्ष्यमा बिभिन्न कार्यक्रमहरु समेत संचालन गरिने भएको बैंकले जनाएको छ ।

प्रकाशित मितिः     ३ कार्तिक २०७७, सोमबार ०७:३१  |