लुम्विनी प्रदेशमा कोरोनाका लक्षण सहितका विरामीलाई निःशुल्क उपचार यथावत


नेपालगन्ज ४ कात्र्तिक :  लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशमा लक्षण सहितका कोरोना संक्रमित बिरामीको उपचार निःशुल्क हुने घोषणा गरेका छन् ।

संघीय सरकारले कोरोना संक्रमितको उपचार बिरामी आफैले गर्नुपर्ने निर्णय गरेर आलोचित बनेका बेला मुख्यमन्त्री पोखरेलले उदाहरणीय निर्णय गरेका हुन ।


मुख्यमन्त्री पोखरेलले प्रदेशका चारवटै कोरोना बिशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था यथावत रहेको जानकारी दिए ।

नेपालगन्जमा भेरी अस्पताल सहित प्रदेशभर चारवटा अस्पताल कोरोना बिशेष अस्पताल रहेका छन् ।

प्रकाशित मितिः     ४ कार्तिक २०७७, मंगलवार १०:१६  |
error: Content is protected !!