नेपालगन्ज ४ कात्र्तिक : नेपाल सरकारको स्वामित्वमा रहेको दूग्ध विकास संस्थान नेपालगन्ज दुग्ध वितरण आयोजनाले मंगलवारदेखि एक महिनासम्म दुध संकलन बन्द गर्ने निर्णय गरेको छ ।
सबै क्षेत्रमा दूध संकलन बन्द गरेको भन्दै डिडिसीले यहाँ पनि दूध संकलन बन्द गरेको हो । यो निर्णय नेपालगन्ज वितरण केन्द्र एक्लैको होइन । दूध विकास संस्थान केन्द्रकै हो ।
मंगलवारदेखि लागु हुने गरी आगामी मंसिर ४ गतेसम्म दुध संकलन नहुने भन्दै आयोजनाका प्रमुख योगेन्द्र शाहले दुग्ध उत्पादन सहकारीलाई पत्र पठाएका छन् । उक्त पत्र पाएपछि दुग्ध उत्पादक कृषक तनावमा छन् ।
बैजनाथ गाउँपालिकास्थित वनकटुवा दुग्ध उत्पादक कृषक सहकारीका व्यवस्थापक दिपक कार्कीले दुग्ध विकास संस्थानले दुध नलिने भएपछि आफुहरु तनावमा रहेको बताए ।
एक महिनासम्म दुधको व्यवस्थापन गर्न नसकिने भएकाले दुध त्यसै फाल्नुपर्ने अवस्था आएको कृषकहरु बताउँछन् ।
बाँके लगायत बिभिन्न जिल्लामा कृषकहरुको लाखौ लिटर दुध दुग्ध विकास संस्थानले खरिद गर्दै आएको ती कृषकहरुलाई रुवाउने गरी दुग्ध विकास संस्थानले गरेको निर्णयले कृषकहरुलाई स्तब्ध बनाएको छ ।
किन दूध नलिने ? यस्तो छ कृषकलाई रुवाउने दुग्ध विकास संस्थानको निर्णय-