लोककल्याणकारी विज्ञापन वापतको रकम तत्काल भुक्तानी गरियोस् : ठाकुरसिंह थारु


  • ठाकुरसिंह थारु(अध्यक्ष, पत्रकार महासंघ बाँके)

मुलुक लामो समयदेखि कोरोनाको महामारीको चपेटामा छ । यसबाट सन्चार माध्यमहरु पनि अछुतो रहेनन् ।

सरकारले कोरोना महामारी नियन्त्रणका लागि २०७६ चैत्र ११ गतेदेखि लकडाउन ग¥यो । लकडाउन र बन्दाबन्दीका बिचमा पनि सन्चार माध्यमहरुले आफ्नो दायित्व निरन्तर निर्वाह गर्दै आईरहेका छन् ।

लकडाउनका बेला सवारी साधन, हुलाक कार्यालय, कुरियर सबै बन्द भएपछि यहाँका प्रकाशकहरुले पत्रपत्रिकाहरुको पिडिएफ फाईल ईमेल मार्फत प्रेस काउन्सिलमा बुझाएका छन् ।

त्यसको प्रमाण प्रेस काउन्सिलमा सुरक्षित छ ।

लामो समयको बन्दका कारण लोककल्याणकारी विज्ञापन वापतको भुक्तानी लिनु पर्ने बिल र पत्रिकाको हार्ड कपी रुपन्देही हुलाक कार्यालयमा समयमै पठाउन नसकिएको सबैलाई विदितै छ ।

तर रुपन्देही हुलाक कार्यालयले भुक्तानीको बिल र पत्रिका समयमै नपठाएको भन्दै भुक्तानी दिन नमिल्ने मन्त्रालयको निर्देशन रहेको दिएको जवाफले यहाँका प्रकाशकहरु थप मारमा परेका छन् ।

लकडाउनका कारण संकटमा गुज्रिरहेका सन्चार माध्यमहरुलाई सहयोग गर्नुको साटो लोककल्याणकारी विज्ञापनको भुक्तानी रोक्ने कार्यको हामी भत्सर्ना गर्दै मिति २०७६ श्रावण महिनाको लोककल्याणकारी विज्ञापन वापतको रकम तत्काल भुक्तानीका लागि जोडदार माग गर्दछौं ।

साथै अगामि दिनमा लोककल्याणकारी विज्ञापन वापतको भुक्तानी, सूचना तथा प्रशारण विभागबाट जारी गरिएका प्रेस पासको नविकरण र नयाँ प्रेस पास वितरण सम्बन्धित जिल्ला हुलाक कार्यालयबाटै जारी हुने व्यवस्था मिलाउन आग्रह गर्दछौं ।

प्रकाशित मितिः     ४ कार्तिक २०७७, मंगलवार २१:०८  |