नेपालगन्ज ६ असोज : नेपालगन्जमा ठेट नेपालीपन झल्काउने रेष्टुरेन्ट देउराली भान्सार घर बिहिवार उद्घाटन हुँदै छ । युवा व्यवसायी प्रचण्ड जिसीको उक्त भान्सा घरमा खानाको परिकार मात्र होइन नेपाली संस्कृति ,परम्परा र मौलिकता सहितको डेकोरेसन समेत गरिएको छ । सुर्खेतरोड, एभरेष्ट बैंक नजिकै स्थापना भएको उक्त रेष्टुरेन्ट दिउँसो दुई बजे उद्घाटन हुँदै छ ।