श्रीराम सिग्देल आन्तरिक पर्यटन पुनरुत्थान समिति लुम्विनी प्रदेशको सह–संयोजक


नेपालगन्ज ६ असोज :  नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल आन्तरिक पर्यटन पुनरुत्थान समिति, लुम्विनी प्रदेशको सह–संयोजक चयन भएका छन् ।

नेपाल पर्यटन बोर्डले सिग्देललाई उक्त जिम्मेवारी दिएको हो ।


बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीका अनुसार, कोभिडबाट प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने उदेश्य सहित सातैवटै प्रदेशमा यस्तो समिति निर्माण गर्न थालिएको छ ।

सरोकारवाला निकायसंगको सहकार्यमा आन्तरिक पर्यटन प्रर्बधनको काम हुने छ ।

 

प्रकाशित मितिः     ६ कार्तिक २०७७, बिहीबार १३:२५  |
error: Content is protected !!