खाना र डेकोरेसनमा नेपालीपन झल्किने देउराली भान्सा घरको उद्घाटन


नेपालगन्ज :  खाना र डेकोरेसनमा नेपालीपन झल्किने देउराली भान्सा घर उद्घाटन गरिएको छ ।

सुर्खेतरोडस्थित एभरेष्ट बैंकको पश्चिमतर्फ रहेको उक्त भान्सा घर एक कार्यक्रमका बीच नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले उद्घाटन गरे । कार्यक्रममा संघका महासचिव चिरञ्जीवी ओली लगायतको उपस्थिती थियो ।

कालिज पारखीहरुको धोको अब यहि रेष्टुरेन्टले मेटने छ ।

युवा व्यवसायी प्रचण्ड जिसीले यो रेष्टुरेण्ट संचालनमा ल्याएका हुन् । करिब ६० लाख लागतमा संचालनमा आएको यो रेष्टुरेन्ट नेपालगन्जको धम्बोझी नजिकै दक्षिण तर्फ रहेको छ ।

नेपाली शैलीमा निमार्ण भएको यो रेष्टुरेन्ट भित्र पनि नेपाली कलाशैली झल्किने गरी डिजाइन गरिएको छ । रेष्टुरेन्ट भित्र प्रवेश गरेपछि पहाडी गाउँघरतिर गएको, बसेर खाएको अनुभुती हुने गरी रेष्टुरेन्टको डिजाइन गरिएको यस रेष्टुरेन्टका प्रवन्ध निर्देशक प्रचण्डले सेतोखरीलाई जानकारी दिए ।

रेष्टुरेन्टको नाम देउराली रहेपनि यहाँ बिशेषगरी कालिजको विभिन्न परिकार पाइन्छ । ‘हाम्रो ब्राण्डनै कालिज हो । हामी यस क्षेत्रका ग्राहकलाई कालिजको विभिन्न परिकार विभिन्न स्वादमा बनाएर खुवाउँछौं ।’ प्रवन्ध निर्देशक प्रचण्डले भने ।

कालिजका अलावा यहाँ लोकल कुखुराको विभिन्न परिकार र खसीको पनि विभिन्न परिकार पाइने उनले बताए ।

 

प्रकाशित मितिः     ६ कार्तिक २०७७, बिहीबार १६:४५  |