भोलिबाट नेपालमा विदेशी च्यानल बिज्ञापनरहित हुने


काठमाडौं। नेपालमा प्रसारण हुने अन्य मुलुकका टेलिभिजन च्यानलहरुमा अब विदेशी विज्ञापन हेर्नुनपर्ने भएको छ ।

सरकारले कात्तिक ७ बाट नेपालमा क्लिन फिड (विज्ञापनरहित प्रसारण) लागुको निर्णय गरेसँगै स्थानीय भाषामा विज्ञापन नबनेसम्म विदेशी च्यानलहरु विज्ञापनरहित हुने भएका हुन् ।

पछिल्लो एक दशकदेखि नै विज्ञापन व्यवसायीहरुले नेपालमा यो व्यवस्था गर्न लबिङ गर्दै आएका थिए । क्लिन फिड लागुुुले नेपालको विज्ञापन बजारको आकार उल्लेख्य रुपमा बढ्नुका साथै स्थानीय कलाकार, खेलाडी लगायतका चर्चित व्यक्तिहरुका लागि अवसर र विज्ञापन बजारमा माग तथा आम्दानी दुवै बढ्ने अनुमान गरिएको छ ।

२०७७ कात्तिक ७ गतेभित्र नेपालमा क्लिन फिड यो कार्यान्वयनमा ल्याउने गरी मन्त्रीपरिषद्ले कात्तिक ४ मा निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए । यससँगै विज्ञापन उद्योगका सरोकारवालाहरुले एक दशकदेखि लबिङ गर्दै आएको क्लिन फिड ९विज्ञापनरहित० प्रसारण अन्ततस् नेपालमा पनि लागु हुने पक्का भएको हो ।

साथै, क्लिन फिडको नियमन तथा अनुगमनका लागि सरकारले विज्ञापन बोर्ड समेत गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकै सहसचिव डिल्लीराज शर्मालाई विज्ञापन बोर्डको अध्यक्षमा नियुक्त गरेको मन्त्री गुरुङले बताए।

सरकारले विज्ञापन नियमन गर्ने ऐन, २०७६ ले तोकेकै अवधि अर्थात् आगामी शनिबारबाट विज्ञापनरहित ९क्लिन फिड० प्रसारण लागु गर्न सबै सेवा प्रदायकसहितका सरोकारवालाहरुलाई निर्देशन दिएको छ।

विज्ञापन बोर्डलाई आवश्यक कर्मचारी र बन्दोबस्ती तयारी भइसकेको भन्दै सरकारले शनिबारबाटै क्लिन फिड कार्यान्वयन भए नभएको अनुगमन गर्ने पनि गुरुङले बताएका छन् ।

सरकारले यस विषयका सरोकारवालाहरुसँग २०७३ सालदेखि नै आवश्यक सरसल्लाह र सुझाव लिएको भन्दै सम्बद्ध सबै संघसस्थालाई तोकिएकै मितिबाट क्लिन फिड लागु गर्न पुनस् निर्देशन दिएको हो ।

संघीय संसदबाट पारित विज्ञापन नियमन गर्ने ऐन २०७६ गत वर्ष कात्तिक ८ मा प्रमाणीकरण भएको थियो। ऐनको परिच्छेद २ को ६ ९१० मा विज्ञापनरहित प्रकाशन वा प्रसारण गर्नुपर्ने प्रावधान समेटिएको छ।

जसको उपदफा २ को ९१० मा उक्त ऐन प्रारम्भ भएको एक वर्षभित्र विदेशी च्यानलसँग डाउनलिंक गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले विज्ञापनरहित (क्लिन फि) प्रसारण गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ। मन्त्रालयले क्लिन फिड प्रसारण नभए प्रचलित कानूनअनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ।

गत असोज ५ मा संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकले पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई २०७७ कात्तिक ७ बाटै क्लिन फिड कार्यान्वयनमा ल्याउन निर्देशन दिएको थियो । विज्ञापन बोर्ड गठन गरी ऐनको दफा ६ अनुसार डाउनलिंक अनुमित लिएर नेपालमा प्रसारणमा रहेका टिभी च्यानलहरुलाई विज्ञापनरहित बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समितिबाट निर्देशन भएको हो ।

साथै, असोज २६ मा बसेको मन्त्रिपरिषद् बैठकले विज्ञापन ९नियमन गर्ने० नियमावली, २०७७ स्वीकृत गरेपछि कात्तिक ३ मा उक्त नियमावली सरकारले राजपत्रमा प्रकाशित गरेको थियो। नियमावलीमा विज्ञापन बोर्डसम्बन्धी व्यवस्था गरेको छ। बोर्डको अध्यक्षको नियुक्ति, बोर्डको काम, कर्तव्य र अधिकारका साथै विज्ञापन सामग्रीको परीक्षणसम्बन्धी आधारसहितका प्रावधान पनि यसले समेटेको छ ।


यसअघि पनि सरकारले २०७३ सालमै क्लिन फिड नीति पारित गरेको थियो। नेपाल विज्ञापन संघले उठाएको मागलाई सम्बोधन गर्दै सरकारले क्लिन फिड नीति लागु भएको एक वर्षपछि अर्थात् २०७४ साउनबाट विज्ञापनरहित प्रशारण सुरु गर्ने तयारी गरेको भएपनि त्यसबखत यो सफल हुन सकेन। क्लिन फिड लागु गर्ने घोषणा गरेको २४ घण्टामै सरकार आफ्नो निर्णयबाट पछि हटेको थियो।

२०७६ मा सरकारले ल्याएको विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई लिएर केबल टेलिभिजन सेवा प्रदायक र विज्ञापन एजेन्सीबीच चर्को बहस समेत भएको थियो। यही विधेयकको प्रावधानप्रति असहमति जनाउँदै केबल टेलिभिजन सेवा प्रदायकहरुले २४ घण्टा सेवा नै बन्द गरेका थिए।

च्यानल प्रसारणमा असर पर्छ ?

क्लिन फिडप्रति असहमति जनाएका केबल टेलिभिजन सेवा प्रदायकहरुको भने यो लागू भए भारतीय ब्रोडकास्टरहरुले च्यानल नै नदिने दाबी छ । अहिले भारतकै लागि सेट गरेका च्यानलहरु अपलिंक गरेर पठाएकोले सस्तोमा पाइरहेको केबल क्लिन फिडमा लाने बित्तिकै महँगो पर्ने तर्क उनीहरुले यसअघि राखेका थिए ।

अर्कातिर क्लिन फिड लागु हुने बित्तिकै अहिले जति च्यानलहरु आइरहेका छन् त्यति संख्यामा च्यानलहरु उपलब्ध नहुने पनि उनीहरुले बताउँदै आएका छन्।

यस्तै, भारतसँगको जमिनको सीमा मात्र नभएर सेटेलाइट पनि ओपन छ। भारतको सेटलाइटको ुफूट प्रिन्ट’ नेपालमा जताततै भेटिन्छ। यस्तोमा नेपालका डिटिएच सेवा प्रदायकले राखेका छाताकै माध्यमबाट एउटा सेटअपबक्स फेरेको भरमा भारतका सबै च्यानल हेर्न सकिने जोखिम बढ्ने उनीहरुको तर्क छ।

कम्तिमा ८ अर्बले विज्ञापन बजार बढ्ने विश्वास
विज्ञापन व्यवासयीहरुले भने कोभिड-१९ का कारण क्लिन फिड लागू गर्न आवश्यक तयारी नगरेका टेलिभिजन च्यानलबाहेक अरुलाई यसले समस्या नपर्ने बताएका छन् । क्लिन फिड लागुले नेपाली विज्ञापन उद्योगको आकार र दायरा फराकिलो हुने उनीहरुको भनाइ छ ।

ुहामी नेपाली विज्ञापन व्यवसायीहरुले करिब डेढ दशकअघिबाट क्लिन फिड प्रशारणका लागि लबिङ गर्दै आएका थियौं । अब भने सरकारले नेपालमा क्लिन फिड कार्यान्वयन गर्नेमा ढुक्क छौं हामी, नेपाल विज्ञापन संघका निवर्तमान अध्यक्ष सन्तोष श्रेष्ठले भने ।

क्लिन फिडपछि अन्तरराष्ट्रिय कम्पनी तथा उत्पादनहरुको विज्ञापन नेपालमै उत्पादन गर्नुपर्ने हुँदा यसले स्थानीय सेलिब्रेटीहरु, प्राविधिक लगायतलाई अवसर बढ्नुको साथै विज्ञापन उत्पादनमा नेपाली कम्पनीहरुको इन्नोभेसन र सिर्जनशिलताको स्तरमा पनि सुधार आउने अपेक्षा छ ।
सरकारले कानून बनाएरै क्लिन फिड कार्यान्वयन अघि बढाएकाले यो पूर्णरुपमा अपनाउँदा विदेशी ब्रान्डको विज्ञापनको डबिङसमेत अब पूर्ण रुपले निषेध हुने विज्ञपान व्यवसायीहरुको विश्वास छ। किनकि, बहुराष्ट्रिय कम्पनीहरुले अब नेपाली टेलिभिजन दर्शकका लागि छुट्टै विज्ञापन निर्माण गर्नु्पर्ने हुन्छ।

श्रेष्ठका अनुसार, अहिले नेपाली विज्ञापन बजारको आकार ११ देखि १२ अर्ब रुपैयाँ हाराहारीको छ। यसमध्ये विदेशी कम्पनीरब्रान्डले नेपालमा गर्ने विज्ञापनको आकार करीब ३(४ अर्ब रुपैयाँ हो । क्लिनफिड कार्यान्वयन भएपछि विदेशी कम्पनीहरुले गर्ने विज्ञापनको आकार दोब्बरले बढेर ८ देखि ९ अर्ब हाराहारी पुग्ने अनुमान रहेको उनी बताउँछन् ।

स्थानीय भाषामा विज्ञापन बनाउँदा बहुराष्ट्रिय कम्पनीहरुले खर्च बढाउने पर्ने र अहिले विज्ञापन नगर्ने त्यस्ता कम्पनीहरुले पनि गर्नैपर्ने अवस्था क्लिन फिडले सिर्जना गर्ने श्रेष्ठको भनाइ छ ।

बहुराष्ट्रिय कम्पनीहरुले नेपालमा विज्ञापन बढाउँदा यसले नेपाली कम्पनीहरुलाई पनि प्रभाव पार्ने विज्ञापन व्यवसायीहरु बताउँछन् ।

प्रकाशित मितिः     7:16:44 PM  |