टीभीएसका एक हजार बाइक तथा स्कुटर बिक्री, सोमबारको ८२५ को रेकर्ड दुई दिनमै तोडियो


काठमाडौं। नेपालमा टीभीएस मोटर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले कात्तिक ५ गते बुधबार एकै दिन एक हजार बाइक तथा स्कुटर बिक्री गरेर रेकर्ड कायम गरेको छ। देशभर रहेका १३२ शोरुममार्फत यति धेरै बाइक तथा स्कुटर बिक्री गरिएको जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले बताए।

यो भन्दा पहिले गत कात्तिक ३ गते सोमबार एकै दिन ८२५ युनिट बिक्री गरिएको थियो। हिजोको बिक्रीले नेपाली बजारमा टीभीएसले एक इतिहास कायम गरेको विज्ञप्तिमा उल्लेख छ। दसैंको अवसरमा नयाँ बाइक र स्कुटर किन्ने चलन भएकाले दसैं नजिकिदै गर्दा यी सवारी साधन खरिद गरेका हुन्

हाल नेपाली बजारमा सबै रेन्ज र सबैलाई उपयुक्त हुने मूल्यमा टीभीएसका बाइक तथा स्कुटर उपलब्ध छन्। यी सबै सवारी साधन खरिद गर्नका लागि जगदम्बा मोटर्सले आफ्नै जगदम्बा इन्भेष्टमेन्ट कम्पनीमार्फत फाइनान्सको व्यवस्था समेत गर्दै आएको छ। उपयुक्त गुणस्तरका बाइक तथा स्कुटर सबैका लागि उपलब्ध भएकाले छोटो समयमा टीभीएसले नेपाली बजारमा सफलता प्राप्त गरेको कोइरालाले बताए।

जगदम्बा मोटर्सले पछिल्लो समयमा स्मार्ट कनेक्ट र एबीएस सहितका अपाचे आरटीआर २०० र आरटीआर १६० समेत नेपाली बजारमा उपलब्ध गराएको छ। टीभीएस एनटर्क स्कुटर नेपाली बजारमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर भनेर केही दिन पहिले जगदम्बा मोटर्सले घोषणा समेत गरेको थियो।

नेपाली बजारमा हाल यसका १ सय सीसीको एक्सएल १०० मोडलको मोपेडदेखि ३१० सीसी क्षमताको आरआर ३१० रेसिङ बाइकसम्म उपलव्ध छ। त्यसैगरी ५ फरक मोडलमा स्कुटर र २ मोडलका थ्री ह्विलरको समेत कारोबार हुँदै आइरहेको छ। तथापि अपाचे सिरिजका मोटरसाइकल र एनटर्क स्कुटर पछिल्लो समयका सर्बाधिक चर्चित उत्पादन हुन् । जुन युवा पुस्तामाझ निकै लोकप्रिय बनिरहेका छन्।

नेपालमा जगदम्बा मोटर्सले टीभीएसका सवारी साधन बिक्री–वितरण गर्न थालेको ५ वर्ष मात्र भएको छ। छोटो समयमै टीभीएसको पहिचान नेपाली बजारमा एक उत्कृष्ट ब्रान्डका रुपमा स्थापित भएको विज्ञप्तिमा उल्लेख छ।

जगदम्बा मोटर्सले हाल चाडपर्वको अवसरमा ‘टीभीएस दसैंको आशा’ नामक स्किम ल्याएको छ । यस योजनामा सहभागिता जनाउन टिभिएसको मोटरसाइकल खरिद गरेकै हुनु पर्ने भन्ने छैन। योजना अन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कुटरको खरिदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्ने छन् भने ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शुन्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने छन् । यी दुई मध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ ।

बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले टीभीएस अपाचे आरआर ३१० बाइक जित्न सक्ने छन् । यो टीभीएसकै सबैभन्दा महंगो मोटरसाइकल हो। हरेक हप्ता हुने लक्की ड्रमा भागलिन चाहने जो कोहीले पनि जततउकस्ररतखकलभउब।िअयmरमबकजबष्लर मा गएर फारम भर्नु पर्ने छ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन् भने आरआर ३१० जित्ने अवसर पाउने छन् ।

प्रकाशित मितिः     ७ कार्तिक २०७७, शुक्रबार ०९:०३  |