थपुवामा च्याउ खेती सम्बन्धी तालिम सन्चालन


नेपालगन्ज :  नेपालगन्ज उपमहानगरपालिका वडा नं २० स्थित थपुवा गाउँका १५ जना किसान लाई हाम्रो सिभिल कृषि सहकारी संस्था लिमिटेडको सहयोगमा, कृषि प्राबिधिक एंव संस्थाका सदस्य धन बहादुर पुनको सहजीकरणमा दुई दिने च्याउ खेती तालिम, च्याउ खेतिको ब्यबहारिक प्रयोग एवम् च्याउ खेतिको बीउ समेत राख्ने कार्य सम्पन्न गरियो ।

सो तालिममा संस्थाका अध्यक्ष डिल्ली राज रेग्मीले व्यावसायिक च्याउ खेती गर्ने किसान लाई संस्थाले आर्थिक तथा प्राबिधिक सहयोग गरिरहेको र गर्ने प्रतिबद्धता व्यक्त गरे ।


पशुपन्छी विज्ञ एंव संस्थाका सदस्य जनकराम भन्डारीले च्याउ तथा तरकारी उत्पादनमा व्यावसायिक भइसके पछि, पशुपन्छीको क्षेत्रमा तालिम, आबश्यक प्राबिधिक तथा अन्य सहयोग गर्ने योजना रहेको बताए ।

पायनियर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यकारी प्रमुख बिष्णु खनालले तालिम बाट प्राप्त उपलब्धि लाई कार्यान्वयन गर्न कुनै आर्थिक समस्या भयमा कर्जा स्वरुप लगानी गरि व्यावसायिक बन्न संस्थाले सहयोग एवम सहकार्य गर्न तयार रहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको संयोजन संस्थाका ब्यबस्थापक कौशिला सुनारले जानकारी दिइन ।

प्रकाशित मितिः     ८ कार्तिक २०७७, शनिबार १५:४४  |
error: Content is protected !!