कशिम सिद्धिकीले खोले हाउस अफ क्ले, जहाँ पाइन्छ माटोबाट बनेका कलात्मक भाडा


नेपालगन्ज :  नेपालगन्जका युवा व्यवसायी कशिम सिद्धिकीले माटोबाट निर्माण भएका भाँडाहरुको पहिलो पसल हाउस अफ क्लेको शुभारम्भ गरेका छन् ।

पूर्वमन्त्री एवं प्रतिनिधिसभा सांसद मोहम्मद ईश्तियाक राई र नेपालगन्ज मेडिकल कलेजका एसोसिएट प्रोफेसर डा बिनोद कर्णले उक्त पसलको उद्घाटन गरे ।

५ प्रकारका प्रशाोधित माटोबाट हातबाट निर्माण भएका कलात्मक भाँडाहरु नियमित प्रयोग गर्न मिल्ने गरी बलियो हुनुका साथै यी भाँडाहरुमा पकाईएका खानामा भएको पोषक तत्वहरू सतप्रतिशतनै संरक्षण हुने हुँदा स्वास्थ्यको लागि फाइदाजनक हुने पसलका प्रोप्राइटर काशिम सिद्धिकीले जानकारी दिए ।

 

प्रकाशित मितिः     ९ कार्तिक २०७७, आईतवार १०:२४  |