बिमा कम्पनीले आर्जन गरे ४० अर्ब प्रिमियम, नेपाल लाइफ र शिखर इन्स्योरेन्सको बढी


काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाशमा जीवन तथा निर्जीवन बिमा कम्पनीहरुले ३९ अर्ब ९० करोड रुपैयाँ बिमाशुल्क (प्रिमियम) संकलन गरेका छन् । जीवन र निर्जीवन गरी ३९ कम्पनीहरुले सो रकम संकलन गरेका हुन् ।

असोजसम्म सञ्चालनमा रहेका १९ जीवन बिमा कम्पनीहरुले ३२ अर्ब ३२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको बिमा समितिले जनाएको छ । यस्तै २० वटा निर्जीवन बिमा व्यवसाय गर्ने कम्पनीहरुले ७ अर्ब ५८ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

जीवन बिमा व्यवसायमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ९ अर्ब १ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । जीवन बिमा व्यवसायमा नेपाल लाइफको मात्रै २८ प्रतिशत योगदान रहेको छ ।

सबैभन्दा कम पछि सञ्चालनमा आएको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छ । उसले २४ करोड रुपैयाँ मात्र प्रिमियम संकलन गरेको छ ।

यसैगरी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ९० करोड रुपैयाँ निर्जीवन बीमा शुल्क आर्जन गरेको समितिले जनाएको छ । यो रकम निर्जीवन बिमा कम्पनीहरुले आर्जन गरेको कुल शुल्कको ११.८७ प्रतिशत हो ।

जीवनतर्फ लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ नेपाल लिमिटेड (एलआईसी) ले ५ अर्ब ५ करोड, राष्ट्रिय बीमा संस्थानले ४ अर्ब ३५ करोड र नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ अर्ब ८२ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको समितिले जानकारी दिएको छ ।

निर्जीवन बिमा कम्पनीमा सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले सबैभन्दा कम प्रिमियम संकलन गरेको छ । सानिमाले १२ करोड रुपैयाँ मात्र प्रिमियम संकलन गरेको समितिले जनाएको छ ।


नयाँ जीवन बिमा कम्पनी युनियन लाइफ इन्स्योरेन्स लिमिटेडले १ अर्ब ५२ करोड रुपैयाँ संकलन गरेको छ । यस्तै एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ४७ करोड, मेट लाइफले १ अर्ब २२ करोड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ६ करोड रुपैयाँ प्रिमिय संकलन गरेका छन् ।

गुराँश लाइफ इन्स्योरेन्सले ९७ करोड सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले ६५ करोड, सिटिजन्स लाइफले ६३ करोड, ज्योति लाइफले ५४ करोड, आईएमई लाइफले ५४ करोड, रिलायबल लाइफले ५४, रिलायन्स लाइफले ४८, सन नेपाल लाइफले ४३, सानिमा लाइफले ३५, प्रभु लाइफले २५ र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २४ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

निर्जीवनमा शिखरपछि सगरमाथा इन्स्योरेन्सले ७३ करोड रुपैयाँ शुल्क संकलन गरेको छ । सगरमाथाले निर्जीवन बिमा शुल्को ९।६३ प्रतिशत बीमाशुल्क आर्जन गरेको छ ।

नेको इन्स्योरेन्सले ६८ करोड, सिद्धार्थ इन्स्योरेन्सले ६२ करोड, एनएलजी इन्स्योरेन्सले ५६ करोड, प्रिमियर इन्स्योरेन्सले ४५ करोड, प्रभु इन्स्योरेन्सले ३६ करोड, लुम्बिनी जनरल इन्स्योरेन्सले ३६ करोड रुपैयाँ प्रिमियम संकलन गरेको समितिले जनाएको छ ।

नयाँ अजोड इन्स्योरेन्सले ३३ करोड, नेपाल इन्स्योरेन्सको ३२ करोड, ओरियन्टल इन्स्योरेन्स ३१, प्रुडेन्सियल इन्स्योरेन्स ३२ करोड, नेसनल इन्स्योरेन्सको रुपैयाँ कुल बीमा शुल्क कमाएको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीले २८ करोड, एभरेष्ट इन्स्योरेन्सले २७ करोड, युनाइटेड इन्स्योरेन्सले २७, करोड, जनरल इन्स्योरेन्सले १९ करोड र हिमालयन जनरल इन्स्योरेन्सले १८ करोड रुपैयाँ प्रिमियम संकलन गरेको समितिले जनाएको छ । ओरेन्टल इन्स्योरेन्स, प्रिडेन्सियल, नेशनस एभरेष्ट, युनाइटेड र हिमालयन जनरल इन्स्यारेन्सको भन्दा बढी हो ।

प्रकाशित मितिः     7:49:50 AM  |