२१० किमी माइलेज दिने इलेक्ट्रिक स्कुटर हिरो एनवाईएक्स एचएक्स लन्च, यस्तो छ फिचर


भारतमा हिरो इलेक्ट्रिकले हिरो एनवाईएक्स एचएक्स स्कुटर लन्च गरेको छ । जसको बारेमा कम्पनीले दावी गरेको छ कि सो स्कुटर सिंगल चार्जमा २१० किलोमिटरको दुरी तय गर्छ । हिरो एनवाईएक्स एचएक्स इलेक्ट्रिक सिरिजको स्कुटरको मूल्य ६४ हजार ६४० भारु रहेको छ । हिरोले सो स्कुटरको कैयौं भेरिएन्ट लन्च गरेको छ । जसको टप भेरिएन्टको मूल्य १ लाख ९ हजार ४४० भारु रहेको छ ।

हिरो इलेक्ट्रिकले इलेक्ट्रिक स्कुटर व्यावसायिक प्रयोगको लागि लन्च गरेको हो । हिरो इलेक्ट्रिक स्कुटरको टप भेरिएन्टले सिंगल चार्जमा २१० किलोमिटरको माइलेज प्रदान गर्छ । यसको शुरुवाती भेरिएन्टले सिंगल चार्जमा ८२ किलोमिटरको माइलेज दिन्छ । सो स्कुटरमा स्वेपेबल व्याट्री समावेश गरिएको छ ।

हिरो इलेक्ट्रिक स्कुटर बिजनेसको लागि आवश्यकताको हिसाबले कस्टमाइज गर्न सकिन्छ । यो सिरिजको स्कुटरमा रनिङ कस्ट निकै कम हुनेछ । साथै यसमा भारी सामान पनि सजिलै ढुवानी गर्न सकिन्छ । सो स्कुटरमा स्मार्ट कनेक्टिभिटी हुनेछ जसको माध्यमले स्मार्टफोनबाट स्कुटरलाई कन्ट्रोल गर्न सकिन्छ ।


हिरो एनवाईएक्स एचएक्स इलेक्ट्रिक सिरिजको स्कुटरमा ०.६ केडब्ल्युएच इलेक्ट्रिक मोटर समावेश गरिएको छ । जसको अधिकतम स्पिड ४२ किलोमिटर प्रति घन्टा रहेको छ । यसमा १.५३६ केडब्ल्युएचको व्याट्रीको विकल्प पनि रहेको छ । सो सिरिजको स्कुटरमा कम्बी ब्रेक समावेश गरिएको छ ।

हिरो इलेक्ट्रिकले नयाँ सिरिजको स्कुटर बिजनेस टु बिजनेस समाधानको लागि लन्च गरेको छ । सो स्कुटरको बजाज लगायत अन्य कम्पनीको कमर्सियल इलेक्ट्रिक स्कुटरसँग प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मितिः     10:38:30 AM  |