भेरीका स्वास्थ्यकर्मीको उदाहरणीय काम : संक्रमितलाई लगाइदिए टिका र जमरा !


नेपालगन्ज १० कात्र्तिक :  कोरोना संक्रमणपछि भेरी अस्पतालको आइसोलेसनमा बसेका बिरामीलाई स्वास्थ्यकर्मीले टिका लगाइदिएका छन् । स्वास्थ्यकर्मीहरुका कारण आइसोलेसनमै भए पनि कोरोना संक्रमितको निधार खाली भएन ।

टिका र जमरासंगै स्वास्थ्यकर्मीले बिरामीलाई फलफुल दिए ।

बिरामीहरुले दशैंको न्यास्रो मेटिएको बताए । सोही अस्पतालमा कार्यरत एवं संक्रमित भई उपचार गराइरहेका बायोमेडिकल टेक्निसियन नविन चन्दले स्वास्थ्यकर्मीलाई निधार खाली नगरिदिएको धन्यवाद दिएका छन् । उनले यस्तो कार्यले हौसला बढाएको बताए ।

बडादशैंको मुख्य दिन विजया दशमी आज मान्यजनबाट नवदुर्गाको प्रसाद टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गरी मनाइँदैछ ।

पञ्चाङ्ग निर्णायक समितिले तोकेको उत्तम साइत १०: १९ मा अधिकांशले टीका-जमरा लगाएका छन् ।

यद्यपि विजयादशमी आफैंमा शुभ दिन भएकाले सोमवार टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए ।


गौतमका अनुसार आज दिनभरि नै टीका लगाउन सकिन्छ ।​


घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका र जमरा थापेर मनाइन्छ ।

‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभसाइतमा टीका लगाउँदा प्रभू, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ,’ धर्मशास्त्रविद् प्राडा गौतमले भने ।

सदियौंदेखि हर्षोल्लासका साथ मनाइने दशै कोभिडका कारण यसपटक सामान्य तरिकाले मनाइएको छ ।

प्रकाशित मितिः     १० कार्तिक २०७७, सोमबार १४:१४  |
error: Content is protected !!