बाँकेका सिडिओ र सहायक सिडिओलाई कोरोना संक्रमण


नेपालगन्ज,कात्तिक ११ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना पोजिटिभ देखिएको छ ।

कोरोना संक्रमण बढेको अवस्थामा जेठमा प्रजिअको रूपमा सरुवा भई आएका कुरुम्बाङले कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा प्रभावकारी भुमिका निर्बाह गरेका थिए ।


बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल पनि कोरोना पोजिटिभ भई आइसोलेसनमा रहेका थिए ।

प्रकाशित मितिः     ११ कार्तिक २०७७, मंगलवार १७:०४  |
error: Content is protected !!