उद्योग वाणिज्य महासंघको निर्वाचनमा संधै निर्णायक भूमिकामा नेपालगन्ज


नेपालगन्ज :  नेपाल उद्योग वाणिज्य महासंघको हरेक निर्वाचनमा नेपालगन्ज उद्योग वाणिज्य संघ निर्णायक मानिदै आएको छ ।

क बर्गको जिल्लास्तरीय संघ भएका कारण मात्र होइन अन्य जिल्लालाई समेत प्रभावित गर्ने भएका कारण नेपालगन्ज उद्योग वाणिज्य संघले शुरु देखि नै केन्द्रीय निर्वाचनको नतिजा प्रभावित गर्न सक्ने सार्मथ्य राख्ने गरेको छ ।

संघले पश्चिमका अन्य उद्योग वाणिज्य संघलाई समेत लिड गर्ने भएकाले चुनाव निर्णायक हुने ठानिन्छ । केन्द्रीय सदस्य समेत भइसकेका संघका पूर्वअध्यक्ष दामोदर आचार्य महासंघको निर्वाचनमा संघको भूमिका निर्णायक र नेतृत्वदायी हुँदै आएको बताउँछन् ।

पश्चिमकै सबैभन्दा ठूलो उद्योग वाणिज्य संघको महत्वलाई देशभरका व्यवसायीले बुझेको उनले स्मरण गरे ।

पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठका अनुसार, केन्द्रीय नेतृत्व वा पदाधिकारीमा निर्वाचन जित्नेले नेपालगन्जलाई बिश्वासमा लिनैपर्ने अवस्था रहँदै आएको छ । महासंघको राजनीतिमा नेपालगन्जको भूमिका सशक्त रहँदै आएको श्रेष्ठले बताए ।


आगामी मंसिर ११ र १२ गते काठमाण्डौंमा तोकिएको महासंघ निर्वाचनसंगै यहाँका उद्योगी, व्यवसायीका नेतालाई चुनावले छोएको छ । यसपटक नेपालगन्ज उद्योग वाणिज्य संघले केन्द्रीय सदस्यमा निर्वतमान अध्यक्ष नन्दलाल बैश्य र प्रदेशबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यमा रचना श्रेष्ठलाई उम्मेदवारीका लागि सिफारिस गरिएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघ मात्र नभई यसपटक कोहलपुर उद्योग वाणिज्य संघले समेत नगर वाणिज्य संघबाट केन्द्रीय सदस्यमा चक्रप्रसाद अधिकारी चुनावी मैदानमा उठाएको छ ।

महासंघको निर्वाचनमा वा निर्वाचन पछि पनि नेपालगन्जको दवदवा रहँदै आएको छ । नेपालगन्जले नै समर्थन गरेका उम्मेदवार नेतृत्वमा पुगेको अवस्था छ । नेपालगन्जकै भवानी राणा महासंघकै केन्द्रीय अध्यक्ष छन्, यो कुराले पनि संघको महत्व पुष्टि हुन्छ ।

महासंघ केन्द्रमा ५० को दशकयात नेपालगन्जबाट कुमुद दुगड, अच्यूत प्रसाई, दामोदर आचार्य, सुनिल शर्मा, कृष्णप्रसाद श्रेष्ठ केन्द्रीय सदस्य भए । पूर्व अध्यक्ष केन्द्रीय सदस्यमा निर्वाचित हुँदै आएको इतिहास छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बिगतमा झैं यसपटकमा पनि संघको निवाृचनममा आफुहरुको सशक्त भूमिका रहने बताए ।

प्रकाशित मितिः     १२ कार्तिक २०७७, बुधबार ०९:४९  |
error: Content is protected !!