ग्राहकका लागि मोबाइल नम्बर अपडेट गर्न एभरेष्ट बैंकले गर्यो अनुरोध


काठमाडौं । एभरेष्ट बैंक लिमिटेड(इबीएल) ले आफ्ना ग्राहकहरूका लागि मोबाइल नम्बर अपडेट गर्नेबारे सूचना प्रकाशन गरेको छ ।

बैंकले ग्राहकहरूले बैंकमा रजिष्टर गरेको मोबाइल नम्बर एक वर्ष वा सोभन्दा बढी समयसम्म प्रयोग गरिएको छैन भने तुरुन्तै आफ्नो नजिकैको बैंकको शाखामा जानकारी गराई आफूले प्रयोग गरिरहको नम्बर अपडेट गर्न सम्पूर्ण ग्राहकहरूलाई अनुरोध गरेको छ ।

दूरसञ्चार सेवा प्रदायकहरूले एक वर्षसम्म प्रयोगमा नआएका सिमकार्डहरू पुनर्जारी गरी अन्य प्रयोगकर्ताहरूलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएको बताउँदै बैंकले ग्राहकहरूलाई नम्बर अपडेट गर्न अनुरोध गरेको हो ।

ग्राहकहरुले आफूले चालाएको मोबाइल नम्बर दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले पुनः अन्य प्रयोगकर्ताहरूलाई जारी गर्न सक्ने प्रावधानले सम्बन्धित ग्राहकको बैंकिङ्ग विवरणहरु सोही नम्बरमा जाने र वित्तीय जोखिम बढ्नसक्ने हुँदा आफूले प्रयोग गरिरहेको नम्बर अद्यावधिक गर्न ग्राहकहरूलाई नम्बर गर्न अनुरोध गरेको छ ।

प्रकाशित मितिः     १४ कार्तिक २०७७, शुक्रबार १५:१३  |