सरकारलाई निजीक्षेत्रको प्रश्न-नेपालगन्ज एकिकृत भन्सार जाँचचौकी कहिले बन्छ ?


शिलान्यास भएको लामो समय वित्दा समेत नेपालगन्ज एकिकृत भन्सार जाँचचौकी (आईसीपी)निर्माणको काम शुरु नहुँदा आशंका उब्जिएको छ ।

पश्चिमको प्रमुख आयात निर्यात नाकाका रुपमा स्थापित गर्नका लागि महत्वपूर्ण मानिने एकिकृत भन्सार जाँचचौकी जतिसक्यो छिटो बनाउनुपर्ने हाम्रो माग रहेको छ ।

यसलाई यहाँका उद्योगी, व्यवसायीले महत्वका साथ हेरेका छन् । ठूला विकासका योजना नेपालगन्जमा कार्यान्वयन नभइरहेका बेला यो योजना भने प्रभावकारीरुपमा कार्यान्वयन हुनुपर्छ ।

२०७५ पुष ३० गते भारतका तत्कालिन गृहमन्त्री एवं हालका रक्षामन्त्री राजनाथ सिंहले आईसीपीको भारततर्फको क्षेत्र रुपैडियामा आएर शिलान्यास गरेका थिए ।

उनलै आगामी दुई वर्षभित्र काम सक्ने घोषणा गरेको पनि डेढ वर्ष वितिसक्यो तर काम शुरु भए नभएको अत्तोपत्तो छैन । आईसिपीका लागि नेपालका तर्फबाट हुने पर्ने जग्गा अधिग्रहण लगायतका काम सम्पन्न भइसकेको छ तर अब भारतबाट हुनुपर्ने काम हुन सकेको छैन ।

दशवर्षदेखि आईसिपीको चर्चा चलेपनि काम अगाडी बढ्न नसकेका बेला भारतीय गृहमन्त्री आफै आएर शिलान्यास गरेपछि नेपालगन्ज र रुपैडिहाका उद्योगी, व्यवसायी हर्षित थिए । तर शिलान्यास भएको लामो समयसम्म आईसिपी निर्माणको काम जहाँको त्यही छ । पहिले भारतको लोकसभाको निर्वाचन त अहिले कोरोनाको बहाना बनेको छ ।


शिलान्यास हुँदा लगाएको तारवार र पर्खाल बाहेक अन्य कुनै प्रगति भएको देखिएन । नेपाल र भारतले संयुक्तरुपमा मिलेर एकिकृत भन्सार जाँचचौकी निर्माण थालेका हुन । नेपालतर्फ जग्गा अधिग्रहण गर्ने काम सकिएको छ ।

भारतले आफ्नो र नेपालतर्फ नै भौतिक पूर्वाधारको काम गर्न बाँकी छ । भारततर्फ १ सय ४२ एकड जमिनमा आईसिपी बन्दै छ । दुई अरव भारतीय रुपैया लागतमा दुई वर्षभित्र आईसिपी निर्माण गरिसक्नुपर्ने समयसीमा रहेको छ ।

भारत सरकारले नीजि ठेकेदार कम्पनी मार्फत आईसिपीको काम शुरु गर्दैछ । आइृसिपी शुरु भएपछि आयात र निर्यातको दुई देशिय सम्पूण काम एकिकृत प्रणालीबाट हुनेछ ।

आईसिपीको काम समयमै सम्पन्न गरिनुपर्छ । यो दुबै देशको व्यवसायीक सम्बन्ध बिस्तारका लागि महत्वपूर्ण केन्द्र हो । समयमै सम्पन्न हुनेमा हामी सबै बिश्वस्त रहौं । नेपाल सरकारले आईसिपी निर्माणका लागि भारत सरकारसंग प्रभावकारी समन्वय गर्नुपर्छ ।

एकिकृत भन्सार जाँच चौकीका लागि नेपालतर्फबाट जग्गा अधिग्रहण मात्र गरे पुग्ने भएकाले त्यो काम सम्पन्न भइसकेकाले अब बाँकी रहेको काम शुरु गर्न कस्ले रोक्यो ?

प्रकाशित मितिः     १५ कार्तिक २०७७, शनिबार ०८:२५  |
error: Content is protected !!