नेपालगन्ज : बाँके र बर्दियाको पर्यटन व्यवसायले लय समात्न खोजेको छ ।
कोभिड पछि थला परेको यस क्षेत्रको पर्यटन क्षेत्र बिस्तारै पुरानै लयमा फर्किने गरी अगाडी बढेको बताउँछन्, गाभर भ्याली होमस्टेका संस्थापक कृष्ण चौधरी ।
पुरानै अवस्था फर्किन समय लाग्ने भए पनि अहिले भने तंग्रिन खोजिएको उनले जानकारी दिए ।
‘अहिले सबै ठिक भयो भन्ने होइन ।
समस्या छ तर बिगत पाँच छ महिनाको भने अवस्था सुध्रिएको छ ।’ चौधरी भन्छन् –‘सामाजिक दुरी कायम गरेर होमस्टे, पर्यापर्यटन क्षेत्रमा लागेहरुले व्यवसायी सूचारु गरेका छन् ।’
चौधरीका अनुसार स्वास्थ्य मापदण्ड पालनालाई होमस्टेले महत्व दिएका छन् ।
बाँके र बर्दिया निकुञ्जमा जंगल सफारी जस्ता गतिविधि सूचारु भएका छन् ।
आन्तरिक पर्यटकका कारण यतिबेला बर्दिया निकुञ्जमा पर्यट बढेका छन् । यसले गर्दा पछिल्लो पाँच महिनामा निरास बनेका पर्यटन व्यवसायीको मुहारमा चमक देखिएको छ ।
बाँकेबाट कर्णाली प्रदेशका बिश्वस्तरीय पर्यटन क्षेत्रमा घुमाउन लैजानका लागि बिभिन्न प्याकेजका कार्यक्रममा सन्चालन भइरहेका छन् ।