एनएमबि बैंकको एनएमबि सापटी : प्रविधिमा बैंकको नयाँ प्रयोग, २४अ‍ै घण्टा, ७अ‍ै दिनु ऋण


काठमाडौं। एनएमबि बैंकले चौबीसै घण्टा र सातै दिन कर्जा सुविधा उपलब्ध गराउने प्रणालीको विकास गरेको छ। एनएमबि सापटी नाम दिइएको यो सेवा, एक आर्टिफिसियल इन्टेलिजेन्सद्वारा संचालित कर्जा सेवा हो।

यसमा कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप बिना डिजिटल रूपमै गर्न सकिने गरि बैंकले प्रणाली विकास गरेको छ। यो नेपालमै पहिलो पटक २४अ‍ै घण्टा र ७अ‍ै दिनु पूर्ण स्वचालित रूपमा प्रदान गरिने कर्जा सुविधा रहेको बैंकको विज्ञप्तिमा उल्लेख छ। यो सेवा बैंकसम्म नधाइ मोबाइलको प्रयोगबाट नै प्राप्त गर्न सकिन्छ।

एनएमबि सापटी ग्राहकको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपूर्तिका लागि प्रदान गरिने एक छोटो अवधिको धितो बिनाको व्यक्तिगत कर्जा हो। एनएमबिमा तलब खाता भएका तलबी कर्मचारीहरुलाई एक लाख रुपैयाँसम्म चौबीसै घण्टा र सातै दिनु तुरुन्त कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ। ग्राहकहरुले आफ्नो सहज र सुविधाको आधारमा कर्जा रकम र कर्जा चुक्ता अवधि छनोट गर्न सक्नेछन्।

एनएमबि सापटी डिजिटल बैंकिङमा बैंकको प्रगतिलाई रेखांकित गर्ने मार्गचित्रको एक अभिन्न अंग हो, जसले ग्राहकहरूलाई वित्तीय सेवाहरु सहजै प्रदान गर्नुको साथै ब्रान्डसँगको अनुभव अभिवृद्धि गर्दछ,- बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने, शून्य म्यानुअल हस्तक्षेपका साथ सम्पूर्ण कर्जाको शुरुदेखि अन्त्यसम्मको प्रक्रियाले ग्राहकहरूलाई कर्जा प्राप्त गर्न कुनै पनि समय, जुनसुकै स्थानबाट सजिलो मात्र नबनाई कागजविहीन कार्य वातावरणप्रति बैंकको प्रतिबद्धतालाई समेत टेवा पुर्‍याउँदछ।

प्रकाशित मितिः     १७ कार्तिक २०७७, सोमबार १३:१२  |