होटल पौवाको आठौं शाखा गुल्मीमा


गुल्मी । पौवा रिसोर्ट प्रालीले आफ्नो आठौ सेवा गुल्मीको धार्मिक स्थल रेसुङ्गावाट शुरु गरको छ ।

सोमवार बिहान रेसुङ्गामा पत्रकार सम्मेलन गरी पौवाले आफ्नो सेवा सुभारम्भ गरेको जानकारी दिएको हो ।

पौवाले रेसुङ्गावाट १ बर्षको मेहनतपछि सेवा सुभारम्भ गरेको हो ।

रेसुङ्गालाई विश्वमा परिचत गराउनुका साथै पर्यटनहरुलाई यहाँ उपस्थित गराउन पौवा रिसोर्टले महत्वपूर्ण भुमिका निभाउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

रेसुङगा,पाल्पा, बुटवल, भैरहवा, गोरुसिङ्गे, भालुवाङ, लमही, जुम्लाबाट सेवा दिँदै आएको पौवाले देशभरवाट आफ्नो सेवा दिने लक्ष्य रहेको पौवाका सञ्चालक ध्रुवराज न्यौपानेले जानकारी दिए ।

श्रद्धालु भक्तजनलाई रेसुङ्गा ल्याउनुका साथै यहाँको पर्यटकीय क्षेत्रलाई लक्षित गरी अन्य पर्यटकहरूलाई समेत पौवा रिसोर्ट रेसुङ्गामा ल्याइने न्यौपानेले बताउनुभयो ।

पौवाले रेसुङ्गालाई नै रोज्नुको प्रमुख कारण यहाँको धार्मिक एवं पर्यापर्यटन विकास नै भएको अध्यक्ष दुर्गा भण्डारीले बताए।

तम्घास आएका पर्यटकलाई रेसुङ्गा पुगौं भन्ने र आउन चाहाना भएमा सेवा समेत दिने उहाँको भनाई छ। छिट्टै पौवाले रेसुङगा घुम्ने प्याकेज समेत निर्माण तयारी रहेको पौवा रिसोटका सञ्चालक शरण कर्मचार्यले बताए ।

२५ वर्षका लागि पौवा रिसोर्टले २५ रोपनी जग्गा प्रयोग गर्ने गरी रेसुङ्गा नगरपालिकासँग सम्झौता गरेको छ । २५ बर्षपछि यहाँ निर्माण गरेका सवै संरचना रेसुङ्गा नगरपालिकालाई हस्तान्तरण गर्ने प्रवन्ध निर्देशक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए ।

रेसुङ्गाबाट आफ्नो सेवा सुभाम्भ गरेको पौवा रिसोर्टले कात्तिक २२, २३ र २४ गते स्थानीय परिकार खुवाउने समेत तयारी रहेको छ ।

प्रकाशित मितिः     १७ कार्तिक २०७७, सोमबार २०:२१  |