नेपालीहरुको ठूलो मध्यको पर्व पर्छ, तिहार । तिहारमा फुलको बिशेष महत्व हुन्छ । तर बिदेशबाट मगाइने फुलका कारण पछिल्लो समय तिहार सोचे जस्तो आर्कषक नदेखिने गरेको छ । स्वदेशमै गोदवारी अर्थात हजारीफुल उत्पादन शुरु भइसकेकाले अब त्यसको प्रयोगमा ध्यान दिनुपर्ने बताउछिन्, फ्लोरल डिलाईट नेपालगन्जकी सन्चालिका निनु पाण्डे । उनले समय हजारीफुलको उत्पादन गरिरहेकी छन् ।
खजुरा गाउँपालिका –१ की २९ वर्षिया पाण्डेले नेपालगन्जमा फ्लोरी कल्चर पसल ‘फ्लोरल डिलाईट’ भित्रा्एकी थिइन । छ महि
ना तालिम लिए पश्चात पाण्डेले घरवारीटोलदेखि न्यूरोड जाने सडकमा सटर भाडामा लिएर व्यवसाय शुरु गरेकी हुन ।
‘गिफ्ट पसल र नर्सरीबाट पनि फुल र फुल सजावटको काम फाटफुट नभएको होइन । तर हातले आफै बनाएर काम गर्ने भनेको यहाँको लागि नयाँ हो ।’ पाण्डेले भनिन–‘सन्चालनको एक महिनाको अवधीमा राम्रो रेस्पोन्स पाएका छौं ।’ लोकसेवाको तयारी गर्दा गर्दै पाण्डेले यो व्यवसाय शुरु गरेकी हुन । चार÷पाँच पटक परिक्षा दिंदा कति पटक नाम निस्किएन भने कतिकोे रिजल्ट आउन बाँकी छ । ‘लोकसेवा पास हुन सकेन भने अरु केही काम त गर्नुपर्यो नी । मैले यही काम रोजे ।’– पाण्डेले भनिन् ।
सानो उमेरदेखि नै बिवाह, गाउँका नयाँ नयाँ कार्यहरु हुँदा सजावटको काममा उनी सक्रिय हुन्थिन । त्यही कारणले गर्दा अहिले फ्लोरी कल्चर व्यवसायमा संलग्न भईन । उनी भन्छन्,–‘सानैदेखि रुची थियो । अहिले रुचीकै काम गर्दैछु ।’ उनको काममा परिवारका सदस्यले पनि साथ दिएका छन् । आर्थिक सहयोग गरेका कारण व्यवसाय गर्न सहज भएको उनले बताईन ।
पाण्डेको पसलमा आर्कषक फुलहरु पाईन्छ । बुकी बनाएर राखेका फुलहरु उपहार दिन मिल्छ । बिवाहको लागि बरमाला हातले बुनेर बनाईन्छ । जुन किन्न अहिले धेरै आउन थालेका छन् । कार सजावटको काम समेत गरिन्छ । सभा, समारोहको सजावटको काममा सक्रिय छन्, उनी । उपहार दिन वा सजावटको काम गर्नका लागि फुलहरु ल्याउन लखनउ र काठमाण्डौ जान नपर्ने पाण्डेले बताईन ।
उनले तिहारमा फुलको अभाव अन्त्य गर्नका लागि खजुरामा नर्सरी खोलेकी छन् । उनले तिहारमा समेत स्वदेशमै उत्पादन भएका फुल लगाउन अनुरोध गरेकी छन् ।