डिसहोमले इन्टरनेटसँगै अब सिम टिभी पनि दिने


काठमाडौं। गत माघमा आइएसपी (इन्टरनेट सेवा प्रदायक) को पनि लाइसेन्स पाएको डिसहोमले फाइबर नेटसँगै सिम टिभी सेवा दिने भएको छ। डिसहोमका फाइबर नेट प्रयोगकर्ताहरुले अब कम्बो प्याकेज अफर अन्तर्गत सिम टिभी सेवा पनि लिन सक्ने छन्।

यसअघि इन्टरनेट सेवा मात्रै दिइरहेको डिसहोमले आफ्नो स्वामित्वमा रहेको सिम टिभीमार्फत् केबल टेलिभिजन सेवा दिने जनाएको छ। २५ र ४० एमबीपीएस ब्यान्डविथ प्याकेजमा उपभोक्ताहरुले इन्टरनेटका साथै सिम टिभीको केबल टेलिभिजन पाउनेछन्।

उपभोक्ताहरुलाई कम्पनीले प्रमोसनल अफर अन्तर्गत वार्षिक भ्याटबाहेक १५ हजार नौ सय ९९ रुपैयाँमा २५ एमबीपीएसको फाइबरनेटसँगै सिम टिभी जडान गर्न सक्ने कम्पनीले जनाएको छ। यस्तै, ४० एमबीपीएस फाइबर नेट र सिम टिभीको वार्षिक शुल्क २० हजार चार सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

यो मूल्यमा सब्क्रिप्सन शुल्क, जडान शुल्क ९एक पटक० समावेश गरिएको छ। फाइबर नेट जडान गर्दा थप पाँच सय रुपैयाँ सेक्युरिटी डिपोजिट बुझाउनु पर्ने कम्पनीले जनाएको छ।

प्रकाशित मितिः     २० कार्तिक २०७७, बिहीबार १२:२५  |