बाँके, बर्दिया जोड्ने रणनीतिक सडक चाँडै बन्छ : सांसद नन्दलाल रोकाय


नेपालगन्ज : बाँके र बर्दिया जोड्ने रणनीतिक सडक निर्माणको काम चाँडै शुरु हुने संघीय सांसद नन्दलाल रोकायले बताएका छन् ।

उनले सो सम्बन्धमा बाँके र बर्दियास्थित बढैयातालका जनप्रतिनिधिसंग बृहद छलफल गरी त्यहाँका नागरिकहरुलाई आश्वस्त पारे ।

नेपालगन्ज परसपुर- गौघाट,बढैयाताल – १ र २ न वडा हुँदै कण्ठीपुर बर्दिया गुलरिया २२ किमि सडक निर्माणका बारेमा छलफल भइरहेको हो ।

बढैयाताल गाउँपालिका वडा न-२ फुटाहामा गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ, वडा न-१ कार्यबाहक वडाध्यक्ष सँगिता रोकाय, वडा न-२ कार्यबाहक वडाध्यक्ष भुपाल सिँह लामा लगायत अगुवा वडाबासी सहितको भेलामा सडक निर्माण सांसद रोकायले आफ्नो धारणा राखेका हुन ।

उनका अनुसार डिपिआर तयार भइसकेको र बाताबरणीय प्रभाव मुल्यांकनको काम अन्तिम चरणमा रहेको जानकारी दिए । रणनीतिक सडक भएको हुँदा आफ्नो पहलकदमीमा २ करोड ५० लाखको काम बाँकेमा र २ करोड ५० लाखको काम बर्दियामा भइरहेको बताए ।

रोकायले भइरहेको कामको अगुवा सहित अनुगमन गरेका थिए ।

सडकमा दुबै तिर नाला बन्ने गरि स्तरीय पक्की सडक बन्न डिपिआर तयार भइरहेको खजुरा गाउँपालिका राजनीतिक सल्लाहकार तथा नेकपा जिल्ला कमिटी बाँके सदस्य भिम ओलीले बताए ।

प्रकाशित मितिः     २१ कार्तिक २०७७, शुक्रबार ०६:४८  |