सार्वजनिक भयो रोयल इन्फिल्डको नयाँ मोटरसाइकल, यी हुन् विशेषता


रोयल इन्फिल्डले नयाँ मोटरसाइकल ‘मिटियोर ३५०’ सार्वजनिक गरेको छ।
यो फायरबल, स्टेलर र सुपरनोभा गरी ३ वटा भेरियन्टमा उपलब्ध छ। कम्पनीले भारतमा फायरबलको मूल्य १ लाख ७५ हजार ८ सय २५ रुपैयाँ, स्टेलर भेरिएन्टको १ लाख ८१ हजार ३ सय ४२ र सुपरनोभाको १ लाख ९० हजार ५ सय ३६ निर्धारण गरेको छ।

यो पहेँलो कालो र रातो गरी ३ वटा रङ्गमा आउने छ। यसैगरी १५ भन्दा धेरै फ्यूल ट्याङ्क कलर अप्सनमा उपलब्ध छ।
‘मिटियोर ३५०’ मा बिएस६, ३४९ सिसी एयर कुल्ड सिङ्गल सिलिन्डर इन्जिन जडान गरिएको छ। यसले २०।५ एचपी पावर र २७ एनएम टर्क जेनेरेट गर्छ। यसमा ५ स्पिड गियर बक्स दिइएको छ।

मिटियोर ३५० मा रोयल इन्फिल्डले पहिलो पटक ‘स्मार्ट कनेक्टिभिटी’ फिचर्स प्रयोग गरेको भारतीय संचार माध्यम नवभारत टाइम्सले जनाएको छ।
यसको मद्दतले रोयल इन्फिल्ड एपसगँ कनेक्ट गरेर कन्ट्रोल गर्न सकिने कम्पनीले जनाएको छ। यसमा ओड मिटर, ट्रिप मिटर, सर्भिस रिमाइन्डर लगायतका फिचर्स पनि दिइएको छ।

मिटियोर ३५० डुअल च्यानल एबिएस, एलइडी डिआरएल वाला सर्कुलर हेलोजिन हेडल्याम्प, एलइडी टेल ल्याम्प लगायतका फिचर्स दिएइको छ।

प्रकाशित मितिः     २२ कार्तिक २०७७, शनिबार ०७:४४  |