नागरिक टोल सुधार समितिद्धारा शुभकामना आदानप्रदान


नेपालगन्ज :  नागरीक टोल सुधार समिति कारकाँदोले स्वास्थय मापदण्ड अनुरुप पर्बहरु मनाउन कठिन हुने भएकाल शनिवार भौतिक दुरी कायम गदैदशै तिहार र छठ पर्बको शुभकामना आधान प्रदान गरेको छ ।

सो कार्यक्रमको अध्यक्षता नागरिक टोल सुधार समितिका अध्यक्ष बिष्णु खनालले गरेका थिए । नेपालगंज उपमहानगरपालिका वाड नं १८ कार्यपालिका अध्यक्ष दिपक बर्मा, वाड सदस्य दिपक ढुगांना लगायतका जन प्रतिनिधिको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।

सो शुभकामना आधान प्रदान कार्यक्रममा टोलवासीको एकता, विकास प्रतिको चासो, भाइचाराको समन्धको कारण टोल उदाहरणीय भएको र टोलवासीका हरेक समस्याको बारेमा जानकारी रहेको र उपयुक्त समयमा विकास निर्माण तथा सामाजिक क्रियाकलाप गरीने र सो कार्यका लागि टोलवासीको सहयोग चाहिने कुरा बताए ।

नागरिक टोल सुधार समितिका अध्यक्ष खनालले, नागरिक टोल भुगोलको हिसाबले, ठुला ठुला करपोरेट हाउँसको नजिक रहेको, टोलमा बस्ने सबै नागरीक सचेत, सहयोगी, संगठित भएको कारणले यो टोल नमुना टोल बनाउँन वडा कार्यालयले सहयोग गर्नु पर्ने कुरा व्यक्त गरे । सो कार्यक्रमको संचालन समितिका सचिब किशोर अधिकारीले गर्नु भएको थियो ।

प्रकाशित मितिः     २३ कार्तिक २०७७, आईतवार ०७:२४  |