‘स्थायी समितिको वैठकका निर्णय पालना गर्दै एकता महाधिवेशनको तयारीमा जुटौ’


नेपालगन्ज :  शिर्ष नेताबीच विवाद चर्किएका बेला नेकपाका प्रभावशाली स्थायी कमिटी सदस्य एवं लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एकता महाधिवेशनमा प्रवेश नै नगरी सहमती भन्दा वाहिरवाट जित्ने कोशिस एकता विरुद्धको खेल सावित हुने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिए पनि पोखरेलले पार्टी एकताका लागि अर्का अध्यक्ष प्रचण्ड लगायतका नेतासंग बिगतमा निरन्तर छलफल र संवाद गर्दै आएका थिए ।

नेता पोखरेलले आईतवार सामाजिक सन्जालमा यस्तो लेखेका छन्,–हामी एउटै डुंगामा छौ भन्ने हेक्का राख्ने र एक अर्कोको संवेनशीलतालाई ख्याल गर्ने हो भने पार्टीलाई एकतावद्ध राख्ने शुत्र एकताको दस्तावेज र स्थायी समितिको पछिल्लो वैठकका निर्णयमै निहित छ । एकताको मर्म र भावना विपरितको खेलले कसैलाई जित्न दिदैन ।


एकता महाधिवेशनमा प्रवेश नै नगरी सहमती भन्दा वाहिरवाट जित्ने कोशिस एकता विरुद्धको खेल सावित हुनेछ । त्यसैले सचिवालयका कमरेडहरु विवाद र कटुता विर्सेर एकताको वाटोतर्फ फर्कनु होस् । आम पार्टी पंक्तिको चाहना एकतावद्ध, गतिशील र अनुशासित पार्टी नै हो । सचिवालयको कर्तव्य स्थायी समितिको निर्णयको कार्यान्वयन हो ।

तसर्थ स्थायी समितिको वैठकका निर्णय इमान्दारिताका साथ पालना गर्दै एकता महाधिवेशनको तयारीमा जुट्न म सचिवालयका सम्पूर्ण कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु ।

 

प्रकाशित मितिः     7:23:53 AM  |