खातामा रकम नभई ७० लाख रुपैयाँको चेक काट्ने पक्राउ


काठमाडौं। खातामा रकम नभई चेक काट्ने सत्यनारायण रौनियार पक्राउ परेका छन्। दुई पटक उच्च अदालत पाटनबाट सजाय सुनाइएका रौनियारलाई प्रहरी प्रधान कार्यालय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो।

रौनियार विरुद्ध मन्दीपकुमार थापा र सन्तोषकुमार चौधरीले उच्च अदालत पाटनमा किटानी जाहेरी दिएका थिए। दुबै जनाले रौनियारलाई सापटी भन्दै रकम दिएका थिए। उच्च अदालत पाटनले २०७५ चैत १० र २०७६ फागुन २७ गते रौनियार विरुद्ध फैसला गरेको थियो। फैसलामा रौनियारलाई ४५ दिन जेल सजाय र ७० लाख सुनाइएको थियो।

सजाय सुनाइएपछि रौनियार काठमाडौंको रातोपुल क्षेत्रमा लुकिछिपी बसेका थिए। प्रहरीको टोलीले रौनियारलाई पक्राउ गरी पर्सा जिल्ला अदालतमा पेश गरेको छ। रौनियारले आफ्नो बैंक खातामा रकम नभएको कुरा जानकारी भएपनि झुक्याउन खोजेको प्रहरीले जनाएको छ।

प्रकाशित मितिः     २४ कार्तिक २०७७, सोमबार १९:३४  |