नौवस्ता औद्योगिक क्षेत्रको बस्ती व्यवस्थापनमा विषयमा उच्चस्तरीय छलफल


नेपालगन्ज :  नौवस्ता औद्योगिक क्षेत्रको बस्ती ब्यवस्थापनका विषयमा काठमाण्डौमा उच्चस्तरीय छलफल भएको छ ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भटट्को कार्यकक्षमा बाँके नौबस्ता औद्योगिक क्षेत्रमा परेको बस्ती ब्यबस्थापन सम्बन्धमा भुमी सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारी, सभापति कृषि सहकारी तथा प्राकृतिक श्रोत समिती पुर्णा कुमारी सुवेदी, उद्योग सचीव लगायतको उक्त छलफलमा सहभागिता भएको थियो ।


छलफलमा घरको लगत निकालिएको सुचनाको समय भित्र अनिवार्य रुपमा लगत लिने र त्यस पछि पुन छलफलमा बस्ने निर्णय भएको छ ।

प्राबिधिक टोलीसित चाडो प्रतिबेदन माग्ने पनि सहमति भएको नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले बताए ।

प्रकाशित मितिः     २४ कार्तिक २०७७, सोमबार १९:५०  |
error: Content is protected !!