खजुराका कृषकलाई ५० प्रतिशत अनुदानमा पावर टिलर वितरण


नेपालगन्ज, २४ कार्तिक :  खजुरा गाउँपालिका कृषि शाखाले ५० प्रतिशत अनुदानमा पावर टिलर वितरण गरेको छ ।

खजुरा गाउँपालिका ८ वटै वडाका कृषि समूहमा आवद्व भएका र अन्य नभएका दुबै कृषक १०४ जनालाई आज गाउँपालिकाको केन्द्र बि गाउँमा आयोजित एक कार्यक्रममा मिनी पावर टिलर वितरण गरिएको हो ।

खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति, उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, कृषि शाखा प्रमुख पुनम पोखरेलले किसानलाइ पावर टिलर संयुक्तरुपमा वितरण गरेका हुन ।

सो अवसरमा बोल्दै पालिका प्रमुख कक्षपतिले कृषिको आधुनिकीकरण, व्यवसायिककरण र यान्त्रिकिकरणमार्फत खजुरालाइ आत्मनिर्भर गराउने बताए । उनले विदेशबाट फर्किएका युवाहरूलाई विना धितो सहुलियत ऋण उपलब्ध गराउन बैंक संग सहकार्य भैरहेको जानकारी दिए ।

कार्यक्रममा उपप्रमुख एकमाया विकले प्राप्त गरेका कृषि उपकरणको सही सदुपयोग गरि कृषिमा आत्मनिर्भर हुन आग्रह गरिन । प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले पालिकाले कृषिलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि सारेको बताए ।

कृषि शाखा प्रमुख पुनम पोखरेलले कृषकको ५० प्रतिशत २६ हजार २५० र बाँकी पालिकाको लगानीमा अपनत्व हुने गरि कृषियन्त्र वितरण गरिएको बताइन ।

प्रकाशित मितिः     २५ कार्तिक २०७७, मंगलवार ०७:२७  |