फनपार्कले पर्यटनक्षेत्रको विकासमा टेवा दिन्छ-बासु


बाँकेको हवल्दारपूर स्थित ह्याप्पी वर्ल्ड फनपार्क हामीले सोमवारदेखि संचालनमा ल्याएका छौं।

भिजिट नेपाल २०२० लाई लक्षित गरेर सामूहिक लगानीमा स्थापना गरिएको यो पार्क निर्माण पछि परिक्षण गरेर भव्य उद्घाटनको तयारी गरिरहेको वेला कोरोना महामारीका कारण मूलुक लकडाउनमा गयो।

अहिले स्वास्थ्य सम्वन्धि सम्पूर्ण सावधानीहरु अपनाएर सोमवारदेखि शुभारम्भ गरेका छौं।

यसले पश्चिमको पर्यटन विकासमा महत्वपूर्ण योगदान दिने छ । हाम्रो आमन्त्रणलाई स्वीकारेर उपस्थित भइदिनुहुने सम्पूर्ण शुभचिन्तकहरु, विशेषगरी सम्पूर्ण पत्रकार मित्रहरु, जनप्रतिनिधि , सुरक्षा निकाय र बाँकेवासी सवैलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौं।

कठिन परिस्थितिका वावजुद उच्च मनोवलका साथ पार्क संचालनमा ल्याउन लागिपर्नुभएका सवै शेयर सदस्य९बोर्ड अफ डाइरेक्टर ०ज्युहरु, अहोरात्र खटेका सवै सहकर्मीहरु र पार्क सुरक्षामा खटिएको रक्षक सेक्युरिटिजको टिमलाई धेरै धन्यवाद।

उपयुक्त समयमा ग्रान्ड ओपेनिङ्ग गरिनेछ। पार्क हरेक दिन विहान १० वजेदेखि वेलुकी ५ वजे सम्म खुला रहनेछ। यहाँहरु सवैलाई हार्दिक आमन्त्रण गर्दछौं।

प्रकाशित मितिः     २५ कार्तिक २०७७, मंगलवार १२:४१  |