डिजिटिलाइजेसन गरिदै संघ


नेपालगन्ज :  नेपालगन्ज उद्योग वाणिज्य संघलाई डिजिटिलाइजेसन गरिने भएको छ ।

सम्पूर्ण काम अनलाइन प्रक्रियाबाट गराउने गरी प्रक्रिया शुरु गरिएको संघका महासचिव चिरन्जीवी ओलीले जानकारी दिएका छन् । यसका लागि इगल आई समूहसंग औपचारिक सम्झौता गरिएको छ ।


छ महिनात्रि काम सक्ने गरी योजना बनाइएको महासचिव ओलीले बताए । संघका अनुसार अब दर्ता, नवीकरण, एसएमएस सिस्टम जस्ता काम अनलाइन सिस्टमबाट गरिने भएको छ ।

यो डिजिटिलाइजेसन प्रक्रिया सक्न छ महिना जति लाग्ने छ । त्यस पछि संघ प्रविधिमैत्री बन्ने छ । यसका लागि इगल आई समूह सक्रियतापूर्वक लागेको छ ।

प्रकाशित मितिः     २६ कार्तिक २०७७, बुधबार ०९:१६  |
error: Content is protected !!