एग्रो सप सन्चालन


नेपालगन्ज :  ग्रामिणक्षेत्रका तरकारी र दलहन लगायतका उत्पादन विक्री गर्ने उदेश्यले नेपालगन्जको कोरियनपुरमा एग्रो सप शुरु भएको छ ।

एग्रो सपले किसानदेखि प्रत्यक्षरुपमा खरिद गरी उपभोक्तासम्म ताजा र सस्तो तरकारी विक्री गरिरहेको छ ।

एग्रो सपकी सन्चालिका गीता खनालका अनुसार, कर्णाली, सुर्खेत र बाँके, बर्दियाका कृषकले उत्पादन गरेका तरकारी उपलब्ध गराइएको छ ।

त्यस्तै मार्सी चामल, फापर, मकैको पिठोदेखि अचारसम्म एग्रोसपमा छन् ।


सन्चालिका खनालले बिचौलियका कारण कृषक र उपभोक्ता मारमा परिरहेकाले कृषकदेखि उपभोक्ताबीच पुलको काम गर्ने उदेश्य राखिएको छ ।

न्यूनतम मूल्यमा तरकारी लगायतका सामाग्री विक्री गरिएको उनले बताइन ।

एग्रो सपले निकट भविष्यमा तरकारी उत्पादनको लक्ष्य समेत राखेको छ ।

प्रकाशित मितिः     २६ कार्तिक २०७७, बुधबार १०:२९  |
error: Content is protected !!