चिकित्सकको हस्ताक्षर किर्ते गरी कोरोना नेगेटिभ भएकालाई पोजिटिभ बनाउने पक्राउ


नेपालगन्ज :  चिकित्सकको हस्ताक्षर चोरेर कोरोनाको पीसिआर रिर्पोट नेगेटिभलाई पोजिटिभ बनाएको आरोपमा बाँके प्रहरीले भेरी अस्पतालबाट दुई जना सुरक्षा गार्ड र एकजना हेल्परलाई पक्राउ गरेको छ ।

बुधवार प्रहरीले अस्पतालबाट उनीहरुलाई पक्राउ गरेको हो ।

अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार ठेक्कामा अस्पतालको सुरक्षाका लागि खटिएका गार्ड सहितका व्यक्ति पक्राउ परेको बताए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, सुरक्षागार्ड र हेल्परले इर्मजेन्सी कक्षमा चिकित्सकले असहाय बिरामीका लागि लेखिदिने निःशुल्क कोरोना परीक्षण रिर्पोटको नक्कल गरेर अरु बिरामीलाई निःशुल्क पिसिआरको सिफारिस गरिदिन्थे ।


यति मात्र होइन बीमा लक्ष्तिा गरी ती व्यक्तिले कोरोना नेगेटिभ भएकालाई पोजिटिभ समेत बनाउँदै आएको आरोप छ ।

पक्राउ परेका माथि अनुसन्धान भइरहेको बाँके प्रहरील जनाएको । पक्राउ परेकाले कति पैसा लिएर सो काम गर्थे र कतिजनालाई रिर्पोट दिए भन्ने अनुसन्धान भइरहेको छ ।

प्रकाशित मितिः     २६ कार्तिक २०७७, बुधबार १५:४५  |
error: Content is protected !!