गरिमा विकास बैंकले कोहलपुरमा उत्कृष्ट सेवा दिन्छ : शाखा प्रबन्धक हरिश आचार्य


नेपालगन्ज :  वित्तीय कारोवार बढ्दै गएको कोहलपुरमा गरिमा विकास बैंकले शाखा सन्चालनमा ल्याएको छ ।

बैंकका शाखा प्रबन्धक हरिश आचार्यका अनुसार गरिमा विकास बैक लिमिटेडले कोहलपुरमा आफ्नो १०५ औ शाखा विस्तार गरेको हो ।

उद्योग, व्यवसाय गर्ने क्रम बढेसंगै कोहलपुरमा वित्तीय कारोवार समेत उल्लेखियरुपमा हुन थालेपछि त्यहाँ बैंक खुल्ने थपिदै छन् ।

शाखा प्रबन्धक आचार्यले गरिमा विकास बैंकले त्यसक्षेत्रमा उत्कृष्ट सेवा दिने बताएका छन् । आचार्यले बैंकिंग क्षेत्रमा लामो करियर बनाएका बनाएका छन् ।

प्रकाशित मितिः     २८ कार्तिक २०७७, शुक्रबार ११:०४  |