काठमाडौं । तिहार दाजुभाई तथा दिदी बहिनीहरुको चाडपर्वको रुपमा चिनिन्छ । बिशेष गरेर दिदी बहिनीले दाजु भाईलाई टिका लगाएर मसला र उपहार स्वरुप केहि दिने प्रचलन रहेको छ । टिका लगाइसकेपछि दाजुभाइले पनि दिदी बहिनीलाई उपहार स्वरुप केहि दिने चलन रहेको छ ।
पहिले पहिले टीका लगाएर दक्षिणा स्वरुप नगद दिने चलन रहेको थियो भने, आजकल उपहार दिने चलन बढ्दो रहेको छ । यसरी तिहारमा दिदी बहिनाका लागि दिइने उपहारमा स्कुटर दिने चलन बढ्न थालेको छ ।
मोटरसाइकल बिक्रेता कम्पनीहरुका अनुसार दशैंमा मोटरसाइकल धेरै बिक्र हुने गर्छ भने तिहारमा स्कुटरको संख्या धेरै रहने गरेको छ । तिहार नजिकिदै गर्दा उपहारका स्वरुप दिदी बहिनीलाई स्कुटर किनेर दिने गरेको पाइन्छ ।
यदि जो केहि पनि दिदी बहिनीलाई यसरी तिहारमा स्कुटर उपहार दिने योजानामा हुन हुन्छ भने यादगार हुन सक्ने ५स्कुटर यस प्रकार छन् ।
१. होन्डा ग्राजिया
पछिल्लो समय होन्डा ग्राजिया नेपालमा चर्चित स्कुटर रहेको छ । स्याकार ट्रेडिङले बिक्री गरिरहेको १२५ सीसी क्षमताको ग्राजियमा डिलक्सको मूल्य २ लाख ३९ हजार ९०० रुपैयाँ रहेको छ ।
२. एनटर्क १२५ रेश
जगदम्वा मोर्टसले बिक्री गर्र्नेे एनटर्क १२५ नेपालमा सर्वाधिक बिक्री हुने स्कुटर रहेको छ । यसमा १२५ सीसी क्षमताको पावरफुल इन्जिन रहेको छ । यसको डिजाइन, पावर र स्मार्ट कनेक्ट फिचरले यसलाई सफल बनाएको छ । यसको मूल्य २ लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ ।
३. रे जेडआर १२५ स्ट्रीट र्याली
यामाहाले ल्याएको बीएस ६ इन्जिन युक्त स्कुटर रे जेडआर १२५ एफआई पछिल्लो समय चर्चामा रहेको छ । यसको पावर, माइलेज, बीएस६ इन्जिन र लुक्सका कारण चर्चामा रहेको छ । यामाहा स्ट्रीट र्याली १२५ एफआइको मूल्य २ लाख ५४ हजार ९०० रुपैयाँ रहेको छ ।
४.सुजुकी बर्गम्यान १२५
सुजुकी बर्गम्यान १२५ भीजी सुजुकीले बिक्री गर्दै आएको छ । यसको मूल्य २ लाख ३२ हजार ९०० रुपैयाँ रहेको छ । सुजुकीले बिक्री गर्ने बर्गम्यान पावर र यसको लुक्सका कारण सफल रहेको छ ।
५. अप्रिलिया एसआर १२५
दुगड ग्रुपले बिक्री गर्दै आएको अप्रिलिया एसआर १२५ को मूल्य २ लाख ५० हजार ९०० रुपैयाँ रहेको छ । यो स्कुटर लुक्स र पावरका कारण अफरोडका लागि समेत उपयुक्त रहेको छ ।