विवाहको लगनमा नेपालगन्जका ब्यांकेटलाई बुकिङको आशा


नेपालगन्ज। सामान्य अवस्थामा मंसिर महिनामा होटल र पार्टी प्यालेस विवाहका कारण भरिभराउ हुने गरेका छन् ।

तर कोभिडका कारण पछिल्लो छ महिनामा बन्द अवस्था रहेका होटल एवं पार्टी प्यालेस यो मंसिरमा के होला ?

सामाजिक दूरी बिना सन्चालन हुने ठूला भोजभतेर र सभा समारोह जोखिमपूर्ण मानिएको छ ।

तर लामो समयदेखि ठप्प रहेका होटल एवं पार्टी प्यालेसहरुले मंसिरको विवाहको सिजनलाई छोप्नेकी भन्ने आशा राखेका छन् ।

एकजना होटल सन्चालकले सामाजिक दूरी कायम गरी पार्टी प्यालेस र होटल सन्चालन गर्न दिनुपर्ने बताएका छन् ।

विवाहको लगन सुरु भएपछि खुलेका साना ठूला होटलको ब्यांकेटमा बुकिङ आउन थालेको छ। कोभिड-१९का कारण सात महिनादेखि ब्यांकेट समेत बन्द भएका थिए।

कोभिडका कारण संकटमा परेका होटलका लागि ब्यांकेटको व्यापारले केही भएपनि राहत दिनेछ।

अहिले सरकारले तोकेको स्वास्थ्य मापदण्ड कार्यान्वयन गर्दै ब्यांकेटमा बुकिङ लिन थालिएको होटलका संचालकले बताएका छन्।

न्यूनतम २५ जनादेखि सय जनाको संख्याको विवाह पार्टीका लागि बुकिङ आउन थालेको छ।

 

 

प्रकाशित मितिः     ३ मंसिर २०७७, बुधबार ०७:५१  |