बैंंकहरुको ठगीमा राष्ट्रबैंकको मौनता !


सामान्य भाषामा भन्दा बैंक भनेको जनता, व्यापार, संघ संस्था आदिको धन राशी उसैको नाममा खाता खोलेर जम्मा गर्ने त्यसको तत्काल भुक्तान गर्ने, जम्मा भएको रकम आवश्यक अन्य विभिन्न ठाउँमा लागानी गर्ने एवम् अन्य बित्तिय कार्य सम्पादन गर्ने कार्य गर्नको लागि स्थापना भएको संस्था हो ।

र बैंक र देशको भुगोलभित्र खुलेका बिभिन्न्न बित्तिय क्रियाकलापहरु लाई ब्यबस्थित र नियमन गर्न राष्ट्र बैंक स्थापना भएको हुन्छ । हाम्रो देशमा हाल मुलुकको नयाँ संविधान जारी पश्चात् विभिन्न बैंकका शाखा बिस्तार एवम् बैंकका नयाँ सुबिधा सहित विभिन्न लोभलाग्ने प्याकेजहरु हरेक दिन जसो मोवाइल, पत्र पत्रीका, टेलिभिजन एवम् रेडियोमा सुन्न तथा देख्न पाइन्छ ।

यस्तो देख्दा लाग्छ कि हाम्रो देशमा कुनै ठुलै चमत्कार हुदैछ । अब आर्थिक क्रान्ति नै हुदैछ जस्तो भान सम्म पार्न पछि नपरेको जस्तो देखिन्छ । यसो हुँदै गर्दा के सच्चिकै बैंक तथा बित्तीय संस्थाले गरेका कृयाकलापहरु ठिक छन् त ? के साच्चिकै नेपाल राष्ट्र बैंकले नियमनका लागि कार्यसम्पादन राम्रै गरी गरेको छ त ? या यी दुबै सस्थाको नितिगत मिलिमतोमा केही भयो भने यस्लाई मसिनो गरि नियाल्ने कुनै सयन्त्र छ ? यस्ता सवालहरु मनमा खेल्न लाग्दा केही खुलदुली छाउनु नैरास्यता छाउनु स्वभाविक हो ।

राष्ट्र बैंकको असक्षमता र हाल धमाधम नयाँ नयाँ सर्कुलर निकाल्न ब्यस्त छ र निरन्तरता दिएको छ । राष्ट्रबैंक नयाँ निर्णय गर्दै जाने बैंकहरुले त्यसलाई पछ्याएका जस्तो पनि देखिन्छन् । तर बैंकहरु नियम आउन साथ कार्यन्वयन तर्फ लाग्नु भन्दा त्यसमा खेल्न कसरी सकिन्छ अझ भनौं भने सर्कुलरमा लुपहोल के के छन भनी केलाउँछन र यति चाडैं पत्ता लगाइहल्छन कि मानौ सर्कुलर संगै लुपहोल पनि बैंकलाई छुट्टै आएको होला जस्तो । यसै विषयमा केही बुदाहरुले थप स्पष्ट पार्न कोसिश गर्दैछु ।

१) आधार दर निर्धारण एवम् प्रीमियमः
बैंकले बचतमा तिर्ने ब्याज एवम् अन्य सम्पुर्ण खर्च जोडेर आधार दर तयार गरेको हुन्छ । कर्जा लगानी गर्दा आधार दर र सम्झौता बमोजिमको प्रीमियम जोडेर ब्याजदर निर्धारण हुन्छ । हामी सवैको बुझाइ पनि यहीँ छ । तर आजको मितिमा कुनै पनि बैंकले आफ्नो आधार दर त्राइमासिक मसान्तको आधार दरको आधारमा कर्जा लगानि गरेको हुन्छन् सोही दरमा ब्याज असुली गरि रहेका छन भने त्राइमासको सक्रान्ती होस् या आफू खुसी बिचमा बचतको ब्याज घटाएका छन् जस्लेगर्दा बैंकको खर्चमा कमि आउँछ मुनाफा बड्छ तर ऋणिलाइ सहुलियत त त्रइमास मसान्त कुर्नु पर्छ यस्लाइ ३०५ मात्र कुल बचत रकमको चलखेल यदि ०.२५५ माथी मात्र गर्न सक्यो भने यो अर्बौं मा बैंकको मुनाफामा जान्छ । यसबाट बचतकर्तालाइ दिने ब्याज कम हुन्छ ऋणिलाइ कागलाइ बेल पाक्यो हर्ष न बिस्मात ।

२) डिजिटल पेमेन्टः
कोभिड-१९ पछी सरकारको नीति अनुरुप रास्ट्रबैंकले डिजिटल पेमेन्टलाई प्रमोट गर्ने कार्य थालनी भो अनलाइन बाट आर्थिक कारोबार हुन थाल्यो कारोवार गर्ने लिमिट पनि बढ्यो, क्यासलेस गराउने भनेर रास्ट्रबैंकबाट निशुल्क गर्नु भन्ने सर्कुलर छ तर हरेक अनलाइन कारोवारमा महँगो शुल्क लिएर कारोवार भै रहेको छ । कुनैले त झन अनलाइन सुबिधा दिएवापत तथा बन्द गरेवापत पनि महङ्गो शुल्क लिने गरेका छन ।

३) डेविटरक्रेडिट कार्ड :
आजको मितिमा डेविटरक्रेडिट कार्ड धेरैले प्रयोग गर्छौं तर कार्ड यति धेरै महँगोमा बिकि रहेको छ कि लाग्छ डेविटरक्रेडिट कार्ड लुट्नकै लागि बानाको हो अझ कुनै बैंक त कार्ड बन्द गराउदा होश या हाराएर नयाँ बनाउदा जति सकिन्छ दवायर लिने गरेको पनि छन् ।


४) स्विफ्टरड्राफ्ट जस्ता भुक्तानी :
अन्तरास्ट्रिय कारोवारमा पैसा पठाउदा निकै चर्को कमिसन मूल्य तिर्न बाध्य पारिन्छ ।

५) बैंक जमानतमा अस्वाभबिक दर :
हाल धेरै जसो बैंकहरुले बैंक जमानतमा सम्झौता पत्रमा कमिसन कम्तिमा यति वा यति प्रतिशत मा जुन बढी हुन आउँछ भनेर कमिसन लिएका छन । जस्ले गर्दा सामन्यतया भहष्m अयमभ को जमानत गराउदा समेत ७५००र( भन्दा बढी सम्म तिर्न बाध्य बनाइएको छ । अब आफै बिचार गरौं हाल भहष्m अयमभ को लागि कति जमानत बनेका छन र कमिसन कति संकलन भो होला ।

६) जबरजस्ती बिमाः
स्टकको बिमा गर्दा गोदाममा रहेको मौज्दातलाइ आधारमा गरिनु पर्छ तर कमिसनको चक्करमा बैंकले कर्जा अंक बराबरको जबर्जस्ती बिमा गराउछन । तर आफू गणना गर्दा मौज्दात(नगदंमाल बस्तु) : आसामिवाट प्राप्त गर्नु पर्ने रकमको आधरमा कर्जा लेखा जोखा गर्छन । यसमा जम्मा माल बस्तुको मात्र बिमा गर्नु पर्नेमा बैंकमा नगद रहेको मौज्दात एवम् आसामी संग रहेको प्राप्त गर्नु पर्ने रकमको समेत बिमा गर्न बाध्य बनाउछन् । अझ कुनै कुनै बैंकले त कमिसनको लागि जबरजस्ती जीवन बिमा पोलिसी समेत बेचेका छन् ।
७) खाता बन्द गर्दा समेत पैसा काट्ने ।

सारमा यी कुराहरुवाट के प्रस्ट बुझ्न सकिन्छ भने देखाउनको लागि जस्तो सुकै गरेपनी अन्ततः नीति कमजोर बानाउने, त्यही नितिमा खेल्ने जनता झुक्याउने अनि बैंकले पैसा कमाउने देखिन्छ । यसमा रास्ट्रबैंकले नितिगत हिसावले सहयोग गरेको देखिन्छ । सचेत भएर गलत कुराहरु विरुद्ध आवाज उठाउन समेत अनुरोध गर्दछु । रास्ट्रबैंकको लाल मोहर यस्ता ठगिमा हुनु दुःखद् छ ।

लेखले कसैलाइ कुनैपनी अप्ठ्यारो परेमा क्षमा चाहन्छु ।

(लेखक घरेलु तथा साना महासंघ बाँकेका महासचिव हुन)

प्रकाशित मितिः     2:31:21 PM  |