नेपागञ्ज म्याराथनको उपधि एपिएफका पार्की र भण्डारीलाई


नेपालगञ्ज :  नेपालगञ्जमा आयोजना गरिएको ‘छैठौं नेपालगञ्ज म्याराथन’ मा सशस्त्र प्रहरीको विभागिय टिमले कब्जा जमाएको छ । शनिबार सम्पन्न भएको म्याराथन (पुरुष)तर्फ एपिएफका गोपीचन्द्र पार्की र हाफ म्याराथन ९महिला० तर्फ एपिएफ कै पुष्पा भण्डारीले बाजी मारेका हुन ।

पूरा म्याराथन तर्फ सशस्त्र प्रहरी बलका पार्कीले ४२ दशमलव १९५ किलोमीटरको दुरी २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पार गरेर प्रथम स्थान हासिल गरी छैठौं नेपालगञ्ज म्याराथनको च्याम्पियन बनेका छन । उनी १३औं सागका स्वर्ण पदक विजेता पनि हुन । उनले ७५ हजार रुपैयाँको पुरस्कार हात पारे । पार्कीले टोकियो ओलम्पिकमा भाग लिन पाउने भएका छन् ।

त्यसैगरी, २ घण्टा २० मिनेट ४९ सेकेन्डमा सो दुरी पार गरेर त्रिभुवन आर्मी क्लबका कृष्णबहादुर बस्नेत द्वितीय बने उनले ३० हजार रुपैयाँको पुरस्कार हात पारे । आर्मी क्लब कै खगेन्द्र भाटले २ घण्टा २७ मिनेट २८ सेकेन्डमा सो दुरी पार गरी तृतीय भएका छन । उनले २० हजार रुपैयाँको पुरस्कार प्राप्त गरे । गत वर्षका बिजेता नवराज साउद भने २ घण्टा ३१ मिनेट २१ सेकेन्डमा पार गर्दै चौथो हुदै १० हजारमा चित्त बुझाउनु पर्यो ।

हाफ म्याराथन तर्फ सशस्त्र प्रहरी कै पुष्पा भण्डारी च्याम्पियन बनेकी छन । उनले २१ किलोमिटरको दुरी १ घन्टा २६ मिनेट ५४ सेकेन्डमा पार गरी च्याम्पियन बनेकी हुन । उनी १३ औं सागमा सिल्भर मेडल विजेता पनि हुन । उनले ३० हजार राशीको पुरस्कार हात पारिन ।

त्यसैगरी हुम्लाकी मन्जु रावतले १ घन्टा ३० मिनेट ७ सेकेन्डमा सो दुरी पार गरी द्वितीय र दाङकी शर्मिला घर्तीले १ घन्टा ३८ मिनेट १४ सेकेन्डमा सो दुरी पार गरी तृतीय भएका छ्न । उनीहरुले क्रमशः १५ हजार र १० हजार रुपैयाँको पुरस्कार प्राप्त गरे ।

विजेता खेलाडिलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य सचिव रमेश सिलवाल, नेपालगञ्ज उपमहानगरका प्रमुख डा। धवल शम्शेर राणालगायतले पुरस्कार बितरण गर्नुभएको थियो । कोभिड–१९ का कारण दुईवटा ईभेन्टमात्र खेलाईएको आयोजक टिएस ठकुरीले जानकारी दिए ।

प्रकाशित मितिः     ६ मंसिर २०७७, शनिबार १४:४५  |