उद्योग वाणिज्य महासंघमा उपत्यका बाहिर सक्षम महिला रचना श्रेष्ठ, जिल्ला दौडाहामा व्यस्त


नेपालगन्ज :  नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि लुम्विनी प्रदेशबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय सदस्य पदकी उम्मेदवार रचना श्रेष्ठ यतिबेला मतदाता एवं उद्योगी, व्यवसायीसंघ भेटघाट गरिरहेकी छन् ।

जिल्ला दौडाहमा रहेकी श्रेष्ठ उपत्यका बाहिरबाट जिल्ला नगरबाट प्रस्तावित एकमात्र महिला उम्मेदवार हुन ।

जिल्ला दौडाह गरिरहेकी श्रेष्ठले सम्पूर्ण उद्योगी, व्यवसायीले आफुलाई अमूल्य मत दिएर जिताउने बिश्वास व्यक्त गरिन ।

व्यवसायीक एवं सामाजिक क्षेत्र लामो इतिहास बनाएकी श्रेष्ठलाई नेपालगन्ज उद्योग वाणिज्य संघले लुम्बिनी प्रदेशबाट प्रतिनिधि हुने गरी केन्दीय सदस्य पदको उम्मेदवार प्रस्ताव गरेको संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।

उनले व्यवसायिक हकहितका लागि श्रेष्ठलाई बिजयी बनाउनुपर्ने महासचिव चिरञ्जीवी ओलीले बताए ।

व्यवसायीक एवं राजनीतिक क्षेत्रमा महिलाको उपस्थिती कमजोर रहेका बेला श्रेष्ठ जस्ता सक्षम महिलालाई नेतृत्वदायी भूमिकामा पुर्याएर उदाहरण प्रस्तुत गर्न सक्नुपर्ने उनको सुझाव ।

श्रेष्ठ नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य, उपमहासचिव र बिभिन्न सामाजिक संघसंस्थामा सक्रिय छिन् ।

प्रकाशित मितिः     ८ मंसिर २०७७, सोमबार ०७:४५  |